बागमती नदी
नेपालको एक नदी / From Wikipedia, the free encyclopedia
बागमती नदी नेपालको काठमाडौँ उपत्यकामा रहेका दुई महत्त्वपूर्ण काठमाडौँ र ललितपुर महानगरपालिकाहरू छुट्ट्याउँदै दक्षिणी नेपालको मधेश प्रदेश हुँदै भारतको बिहार राज्यमा कमला नदीमा मिसिन्छ। यसलाई हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले पवित्र मानेका छन्। यस नदीको किनारमा कयौं हिन्दु मन्दिरहरू अवस्थित छन्।
बागमती | |
---|---|
स्थान | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश मधेश प्रदेश |
मुख्य सहरहरू | काठमाडौँ, ललितपुर |
भौतिक विषेशताहरू | |
स्रोत | बागद्वार |
• स्थान | शिवपुरी, सुन्दरीजल, काठमाडौँ, नेपाल |
• भौगोलिक निर्देशाङ्क | २७°४६′१६″उ॰ ८५°२५′३८″पू॰ |
• उन्नतांस | २,७४० मी (८,९९० फिट) |
मुख | कमला नदी सङ्गम |
• स्थान | जगमोहरा, बिहार, भारत |
• भौगोलिक निर्देशाङ्क | २५°४३′५६.१″उ॰ ८६°२१′५३.०″पू॰ |
लम्बाइ | ५८६.३ किलोमिटर (३६४.३ माइल) |
निकास | |
• स्थान | पन्धेरा दोभान, मकवानपुर |
• अधिकतम | १६,००० मी3/सेक (५,७०,००० घन फिट/सेक) |
बागमतीको महत्व यस तथ्यमा पनि निहित छ कि हिन्दु धर्मावलम्बीहरूले मृत्यु पश्चात शवलाई यस पवित्र नदीको किनारमा दाहसंस्कार गर्ने गर्छन्। नेपाली हिन्दु परम्पराअनुसार दाहसंस्कार गर्नुअघि शवलाई बागमतीमा तीन पटक डुबाउने चलन रहेको छ , जसले गर्दा पुनर्जन्मचक्रको अन्त्य हुने भन्ने पौराणिक लोक मान्यता रहेको छ। चितामा आगो बाल्ने मुख्य शोकसन्तप्त (सामान्यतया जेठो छोरा) ले दाहसंस्कार पछि तुरुन्तै पवित्र नदीको पानीले नुहाउनुपर्छ। अन्त्येष्टिमा सामेल हुने धेरै नातेदारहरू पनि नदीमा स्नान गर्छन् वा दाहसंस्कारको अन्त्यमा आफ्नो शरीरमा पवित्र जल छर्किन्छन्। बागमती नदीले मानिसलाई आध्यात्मिक तवरमा शुद्ध तुल्याउँछ भन्ने मान्यता रहेको छ।