बिलबोर्ड हट १०० संयुक्त राज्य अमेरिकामा सङ्गीत उद्योग रेकर्ड चार्ट हो जुन गीतहरूको लागि बिलबोर्ड पत्रिकाद्वारा साप्ताहिक प्रकाशित गरिन्छ । यो चार्ट अमेरिकामा, रेटिङ, बिक्री (भौतिक र डिजिटल), रेडियो प्ले, र अनलाइन स्ट्रिमिङमा आधारित छ ।
जब नीलसन नामक अमेरिकि मिडिया कम्पनीले सन् १९९९ मा बिक्री भएका सामग्रीहरूलाई पछ्याउन थाल्यो, बिक्रीको लागि साप्ताहिक पछ्याउने अवधिमा सोमबार देखि आइतबारसम्म भएको थियो, तर जुलाई २०१६ मा यो शुक्रबार देखि बिहीबारमा परिवर्तन गरिएको थियो।
यो पछ्याउने अवधि अनलाइन स्ट्रिमिङ डाटा सङ्कलन गर्न पनि लागू हुन्छ। रेडियो एयरप्लेप, जो बिक्रीको आंकडा र स्ट्रिमिङको विपरीत, एक वास्तविक समयको आधारमा सजिलै उपलब्ध छ। रेडियो एयरप्लेलाई सोमबारदेखि आइतबार (पहिला बुधबारदेखि मंगलबार) मा पछ्याउने गरिएको छ।[1] एक नयाँ चार्ट सङ्कलित गरिन्छ र औपचारिक रूपमा मङ्गलबार बिलबोर्ड द्वारा सार्वजनिक गरिन्छ।
यसलाई पहिलो पटक सार्वजनिक गरिएको बेलामा, पहिलो हट १०० गित भने "पोर लिटिल फुल" रहेको थियो जो अगस्ट ४,१९५८ मा परेको थियो र यसका गायक भने रिकि नेल्सन रहेका थिए। डिसेम्बर २९, २०१८ को अन्त्यसम्ममा, हट १०० मा अहिले सम्म १,०८० ओटा विभिन्न गायक/गायिका वा ब्याण्डहरूका गित एक नम्बरमा पुगेका थिए। चार्टमा हालको सङ्ख्या एकमा पर्न सफल गीत, अरिएना ग्रान्डेको "७ रिङस्" बोलको गित रहेको छ।
टिप्पणीहरू
- ब्रनसन फ्रेड, बिलबोर्ड पुस्तकको सङ्ख्या १ हिट्स, ५अौँ संस्करण (आइएसबिएन ०-८२३०-७६७७-६)
- फेल्डम्यान, क्रिस्टोफर जि बिलबोर्ड पुस्तकको सङ्ख्या २ एकलहरू (आइएसबिएन ०-८२३०-७६९५-४)
- जोल विटबर्न, उत्कृष्ट पप एकलहरू १९५५-२००२, १२अौँ संस्करण (आइएसबिएन ०-८९८२०-१८०-२)
- जोल विटबर्न, द बिलबोर्ड चार्ट, १९५५–१९५९ (आइएसबिएन ०-८९८२०-०९२-X)
- जोल विटबर्न, द बिलबोर्ड हट १०० चार्ट: उत्कृष्ट ६० (आइएसबिएन ०-८९८२०-०७४-१)
- जोल विटबर्न द बिलबोर्ड हट १०० चार्ट: उत्कृष्ट ७० (आइएसबिएन ०-८९८२०-०७६-८)
- जोल विटबर्न द बिलबोर्ड हट १०० चार्ट: उत्कृष्ट ८० (आइएसबिएन ०-८९८२०-०७९-२)
- जोल विटबर्न, द बिलबोर्ड हट १०० चार्ट: उत्कृष्ट ९० (आइएसबिएन ०-८९८२०-१३७-३)
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
Wikiwand in your browser!
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.