बेडेन पावेल
From Wikipedia, the free encyclopedia
रोर्बट स्टेफेन्सन स्मीथ बेडेन–पावेल (बेडेन–पावेल)को जन्म स.न्. १८५७को २२ फेब्रेवरीमा बेलायतको राजधानी लण्डनको प्याडिङटन भन्ने ठाउँमा भएको थियो । बेडेन–पावेल बेलायती सेनामा लेफटिनेन्ट–जनरल तहमा कार्यरत सैनिकका साथसाथै लेखक, कलाकार र अन्तराष्ट्रिय स्काउटिङ अभियानका संस्थापक पनि थिए । बेलायतको चार्टरहाउस विद्यालयवाट शिक्षा प्राप्त गरे पश्चात उनले स.न्. १८७६ देखी स.न्.१९१० सम्म बेलायती सेनामा कार्यरत रही भारत र अफ्रिकामा सैन्य सेवा प्रधान गरेका थिए।
सन् १८९६ मा बेडेन पावेल
रोर्बट बेडेन–पावेल, प्रथम बरुन बेडेन–पावेल | |
---|---|
उपनाम(हरू) | वी.पी |
जन्म | २२ फेब्रुअरी १८५७ प्याडिङटन, लण्डन, बेलायत |
मृत्यु | ८ जनुअरी १९४१ नेयरी, केनिया |
विनियुक्त |
|
युद्ध |
|
पुरस्कारहरू |
|
अन्य कार्य | Founder of the international Scouting Movement; writer; artist |
हस्ताक्षर |
उनले स.न्.१९०७मा ब्राउन सी आईल्याण्ड स्काउट क्याम्पको आयोजना गरेका थिए, जसलाई विश्व स्काउटिङ अभियानको औपचारीक शुरुवात पनि मानिन्छ । उनले आफ्नो सैनिक कार्यकालको दौरान युवा नेतृत्व सम्बन्धी विभिन्न प्रकारका किताब तथा लेखहरू लेखेका थिए। उनका ती सबै लेखहरू समेटी स.न्.१९०८ मा सर आरथर पियरसनले ‘स्काउटीङ फर ब्वाईज’ नामको पुस्तक प्रकाशन गरेमा थिए । उनले ओलेभ सेन्ट क्लेयर सोमेस सँग विवाह गरे पश्चात उनी, उनको बहिनी एग्नीस बेडेन–पावेल र उनकी श्रीमति ओलेभ सेन्ट क्लेयर सोमेस सबैले संगै मिलेर स्काउटिङ अभियानमा मार्गदर्शकको भूमिको निर्वाह गरेका थिए। बेडेन–पावेलले आफ्नो जिवनको उत्तरार्ध केनियाको नेयरीमा बिताएका थिए। उनको मृत्यु स.न्.१९४१मा केनियाको नेयरीमै भएको थियो ।