From Wikipedia, the free encyclopedia
भिभियान मिदेमा १५ जुलाई १९९६ मा जन्मिएकी एक नेदरल्यान्डेली फुटबल खेलाडी हुन् जो सामान्यतया अग्रपङ्क्तिको खेलाडीका रूपमा मैदान उत्रने गर्दछिन्। उनी सन् २०१७ को जुन देखि आर्सनलका लागि सुपर लिगमा खेल्दै आइरहेकी छिन्। उनले यस भन्दा अगाडि एससी हिरनभिन र बायान मुन्छेन लागि खेल्ने गर्दथिन्। मिदेमाले सन् २०१३ मा नेदरल्यान्डको राष्ट्रिय टोलीमा पाइला राखेकी थिइन्। बायान मुन्छेनमा रहँदा उनले दुई पटक बुन्डेसलिगाको उपाधि जित्नका लागि महत्त्वपूर्ण योगदान गरेकी थिइन् भने आर्सनलसँग उनले सन् २०१२ मा एफए महिला सुपर कपको उपाधि जित्नका लागि सहयोग गरेकी थिइन्। नेदरल्यान्ड राष्ट्रिय टोलीसँगै उनी सन् २०१७ मा युरोपेली विजेता बनेकी थिइन्। हालसम्म नेदरल्यान्डका लागि उनले महिला र पुरुष दुबै टोलीमा अन्य खेलाडीहरू भन्दा अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी पनि हुन्। उनी नेदरल्यान्ड महिला राष्ट्रिय टोलीकी नियमित सदस्य हुन्।
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | भिभियान मिदेमा[1] | |||||||||||||||||||||
जन्म मिति | १५ जुलाई १९९६ | |||||||||||||||||||||
जन्म स्थान | हुगेभिन, नेदरल्यान्ड | |||||||||||||||||||||
उचाइ | १७५ सेमी (५ फिट ९ इन्च)[1] | |||||||||||||||||||||
खेल्ने स्थान(हरू) | अग्रपङ्क्ति | |||||||||||||||||||||
क्लब जानकारी | ||||||||||||||||||||||
वर्तमान टोली | आर्सनल | |||||||||||||||||||||
सङ्ख्या | ११ | |||||||||||||||||||||
युवा करियर | ||||||||||||||||||||||
सन् २००१–२००९ | हाजेटभिभी | |||||||||||||||||||||
सन् २००९–२०११ | भिभी दि वाइद | |||||||||||||||||||||
वरिष्ठ करियर* | ||||||||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||||||||
2011–2014 | एससी हिरनभिन | 69 | (78) | |||||||||||||||||||
सन् २०१४–२०१७ | बायन मुन्छेन | ६१ | (३५) | |||||||||||||||||||
सन् २०१७– | आर्सनल | ४४ | (४३) | |||||||||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||||||||
सन् २०१०–२०११ | नेदरल्यान्ड (१५ वर्ष मुनि) | ९ | (१०) | |||||||||||||||||||
सन् २०१०–२०१२ | नेदरल्यान्ड (१६ वर्ष मुनि) | ११ | (४) | |||||||||||||||||||
सन् २०११–२०१२ | नेदरल्यान्ड (१७ वर्ष मुनि) | ११ | (२२) | |||||||||||||||||||
सन् २०१३ | नेदरल्यान्ड (१९ वर्ष मुनि) | १० | (७) | |||||||||||||||||||
सन् २०१३– | नेदरल्यान्ड | ८८ | (६९) | |||||||||||||||||||
सम्मान
| ||||||||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ३० जनवरी २०२० ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १० मार्च २०२०[2] |
मिदेमाले १४ वर्षको उमेरमा हुगेभिनको फुटबल क्लब एचजेटभिभिमा फुटबल खेल्नका लागि सम्झौता हस्ताक्षर गरेकी थिइन्।[3] सन् २०११ मा उनी खेललाई अग्रता दिनका लागि एससी हिरनभिनमा गएकी थिइन्। उनले २ सेप्टेम्बर २०११ मा २०११/१२ सत्रको पहिलो चरणको खेलबाट आफ्नो कार्यकालको सुरुवात गरेकी थिइन र १५ वर्षको उमेरमा वयस्क टोलीमा पर्दापण गरेकी उनले त्यतिबेलाको एरिडिभिसी महिलाको सबैभन्दा कम उमेरको खेलाडी भएकोमा किर्तिमानी कायम गरेकी थिइन्।[4] मिदेमाले दोस्रो लिग खेलमा पिइसी जोलेका विरुद्ध पहिलो गोल गरेकी थिइन् र उक्त खेल हिरनभिनले ४ - ३ ले जित्न सफल भएको थियो। उनले उक्त संस्करणमा १७ वटा खेलमा १० गोल गरेकी थिइन्। [5] संस्करणको अन्त्य सम्ममा मिदेमा क्लबको शीर्ष गोलकर्ताको बनेकी थिइन् र सर्वाधिक गोलकर्ताको पुरस्कार समेत प्राप्त गरेकी थिइन्।[6]
सन् २०१३/१४ सत्रमा, मिदेमाले बेन लीगमा २६ खेलहरूमा एससी हिरनभिनका लागि ४१ गोल गरेकी थिइन्।[7] प्रति खेल १.६ गोलको प्रभावशाली गोल औसतका साथ मिदेमालाई स्थानान्तरण बजारमा एक प्रभावशाली खेलाडीको रूपमा उभ्याएको थियो। सन् २०१४ मा मिदेमाले एससी हिरनभिनबाट बायर्न म्युनिखमा अज्ञात रकमको लागि क्लब परिवर्तन गरेकी थिइन्।[8]
६ जून २०१४ मा उनले बायान मुन्छेनसँग १७ वर्षको उमेरको रूपमा तीन वर्षेमा सम्झौता हस्ताक्षर गरेकी थिइन्। [9] मिदेमाले जर्मनीमा पहिलो लिग गोल ५ अक्टोबर २०१४ मा एफसीआर डुइसबर्गको बिरुद्धको खेलमा गरेकी थिइन् जसमा बायान मुन्छेनले उक्त खेल ६–० ले जितेको थियो। [10] नोभेम्बर ३० मा एसजी एसेन-स्नेकबेक बिरुद्धको खेलमा मिदेमाको चुरकुच्चोमा चोट लागेको थियो। चोटपटकको अवधिमा २२ फेब्रुअरी २०१५ मा जर्मन लिगमा उनी भिएफएल उल्फ्सबर्गको विरुद्धमा खेल्न असमर्थ भएकी थिइन्। [11] १ मार्चमा, मिदेमा पुन: रक्षापङ्क्तिको खेलाडीको रूपमा सावधानीपूर्वक बायर लेभेरकुसेनको बिरूद्ध खेलेकी थिइन् र उनले सोही खेलमा १ गोल प्रहार गरेकी थिइन्। उक्त खेल २-० मा टुङ्गिएको थियो।[12]
क्लब बुन्डेस्लिगामा ८ चरणको खेल पछि पहिलो स्थानमा पुगेको थियो, तर त्यसपछिको एघारौँ चरणमा क्लब भिएफएल उल्फ्सबर्गसँग पराजित हुन पुगेको थियो। अन्तिम चरणको खेलमा, मिदेमाले एसजिएस एसेनको बिरूद्ध २-० को जीतमा योगदान पुर्याएकी थिइन्। मिदेमा २२ खेलबाट १४ गोलका साथ प्रतियोगिताको उप शीर्ष गोलकर्ता बनेकी थिइन्। [13]
बुन्डेसलिगाको तीनवटा संस्करणमा, मिदेमाले क्लबका लागि ३५ गोल गरेकी थिइन्। बायान सन् २०१४/१५ र सन् २०१५/१६ को संस्करणको विजेता बन्न सफल भएको थियो।[14] मे २०१७ मा, मिदेमाले नयाँ चुनौतीको लागि तयार रहेको, क्लब उनीसँग सम्झौता जारी राख्न चाहेको तथापि उनले प्रस्तावलाई अलग राखि नयाँ चुनौतीहरूलाई सामना गर्नका लागि समय दिएको अभिव्यक्ती प्रकट गरेकी थिइन्। [15] सोही महिना उनले आर्सनलसँग एक सम्झौतामा हस्ताक्षर गरेकी थिइन्। उनकै देशका डान्याले भ्यान दे डोन्क, सारी भ्यान भिन्देनाल र डोमिनिक जान्सेन त्यसबेला आर्सनलसँग पहिले नै सम्झौतामा रहेका थिए। [16] आर्सनलसँगको उनको पहिलो संस्करणमा, उनले पहिला बायर्न र हिरनभिनलाई पुर्याएका महत्त्वपूर्ण गोलहरू ल्याउन असमर्थ रहेकी थिइन्। [17] युरोपेली कपको समाप्ति पछि उनी केही समयका लागि आफ्नै देश गएकी थिइन्। तथापि, म्यानचेस्टर सिटी बिरूद्ध डब्ल्यूएसएल कपको फाइनलमा निर्णायक गोल गरेता पनि पनि उनले मात्र ६ गोल गर्न सकेकी थिइन् जसमा उनले ४ वटा गोल समूह चरणमा गरेकी थिइन्।[18]
उनको दोस्रो संस्करणको सुरुवात अघि नै धेरै आश गरिएको थियो। इटालीको विजेता युभेन्टसको विरुद्ध संस्करणको सुरु हुनुभन्दा अघिको मैत्रीपूर्ण खेलमा उनले लिभरपुलको बिरुद्ध ४ गोल र लुइस बिरुद्धको खेल ह्याट ट्रिक गरेकी थिइन्।[19] यसका साथ तीन गोल पछि, उनको गोल कुल पहिलो संस्करणको बराबरीको स्थितिमा रहेको थियो। मिदेमाले लिग खेलहरूमा चेल्सी (५-० जित, दुई गोल), रिडिङ (६-० जीत र ३ गोल) र ब्रिस्टल सिटी (४-० जित, दुई गोल) का विरुद्ध गोलहरू गरेकी थिइन्। आर्सनलले संस्करणको राम्रो सुरुवात गरेको थियो जसमा आर्सनलको ३१ गोलहरू मध्ये मिदेमाले ११ गोल गरेकी थिइन्।[20][21]
मिदेमा सन् २०१३ देखि शीर्ष टोलीका लागि खेलिरहेकी भएता पनि सन् २०१४ को गृष्म सम्ममा उनी युरोपेली कपमा आफ्ना साथीहरूसँग प्रतिस्पर्धा गर्नका लागि युवा वर्गमा (१९ वर्ष भन्दा मुनि) फर्किएकी थिइन्।[22][23][24][25][26] अन्तिम प्रतिस्पर्धामा नर्वेमा सञ्चालन भएको थियो जहाँ फाइनलमा नेदरल्यान्डले स्पेन विरूद्ध १-० ले जीत निकालेको थियो।[27] मिदेमाले फाइनलमा निर्णायक गोल गर्दै प्रतियोगितामा भरिमा ६ गोल गर्न सफल भएकी थिइन्। [28] यस प्रतियोगिताको अन्त्य सम्ममा उनी शीर्ष गोलकर्ताको बनेकी थिइन् र युइएफएले उनलाई प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडीको रूपमा पुरस्कृत गरेको थियो।[27] त्यसबेला उनी नेदरल्यान्ड राष्ट्रिय टोलीमा अन्तर्राष्ट्रिय खेलहरू खेल्दै गरेका कारण नेदरल्यान्ड –१९ का लागि धेरै खेलहरू खेल्न असमर्थ रहेकी थिइन्। उनले अन्ततः दश अन्तर्राष्ट्रिय खेलमा सात गोल गर्न सफल भएकी थिइन्।[29]
मिदेमाले अल्बानियाको विरूद्धको अन्तर्राष्ट्रिय खेलको क्रममा २६ सेप्टेम्बर २०१३ मा डच राष्ट्रिय टोलीमा पर्दापण गरेकी थिइन।[2] उनलाई राष्ट्रिय प्रशिक्षक रोजर रिजेनरले चयन गरेका थिए। सन् २०१४ को अन्त्यमा, इटालीको भ्रमण गर्ने क्रममा, विश्वकप छनोटको दोस्रो चरणमा नेदरल्यान्डले इटालीलाई २-१ को गोल अन्तरले जित्न सफल भएको थियो,[30] जसले गर्दा नेदरल्यान्डलाई विश्वव्यापी मुख्य प्रतियोगितामा प्रवेश गर्न सक्षम बनाएको थियो। [31] सन् २०१५ को क्यानडामा भएको महिला विश्वकपमा मिदेमाले दुई गोल गर्न सफल भएकी थिइन्।[32]
मिदेमाले आफ्नो पचासौँ अन्तर्राष्ट्रिय खेल १३ जुन २०१७ मा खेलेकी थिइन् जसमा टोलीले अष्ट्रियाको राष्ट्रिय टोलीको विरूद्ध एक मैत्रीपूर्ण खेलेको थियो र उक्त खेलमा नेदरल्यान्डले ३-० को जित निकाल्न सफल भएको थियो जसमा उनले तीन मध्ये एक गोल गरेकी थिइन्।[1] सन् २०१७ अगस्टमा, उनी र उनको टोलीले उनको आफ्नै देशमा युरोपेली फुटबलको उपाधि जितेको थियो र फाइनलमा उनले डेनमार्कको विरूद्ध दुई गोलका गरेकी थिइन्।[30]
सन् २०१९ को महिला विश्वकपको बेलामा क्यामेरून बिरुद्धको समूह चरणको दोस्रो खेलमा मिदेमाले उनको लागि ५९ र ६० औँ अन्तर्राष्ट्रिय गोल गरेकी थिइन्।[10] उनले मानन मेलिसले राखेको सर्वाधिक गोलको किर्तिमानीलाई भङ्ग गरी पुरुष टोलीका अग्रणी गोलकर्ता रोबिन भान पर्सी भन्दा पनि अगाडि बढेकी थिइन्।[33] उनले दुबै गोलहरू नेदरल्यान्डको इटालीमा २-० उनको उत्कृष्ट दुई गोलको मद्दतले टोलीले क्वार्टरफाइनलमा इटालीलाई २-० पाखा लगाएको थियो।[34] सन् २०१९ को विश्वकपको फाइनलमा नेदरल्यान्ड पूर्व विजेता अमेरिकासँग २-० गोल अन्तरले पराजित हुन पुगेको थियो।[35][36]
मिदेमा फेनुर्ड क्लबकी समर्थकको रूपमा हुर्किएकी थिइन् र रोबिन भान पर्सी उनको मनपर्ने खेलाडी थिए। उनले बायान मुन्छेनको लागि १० नम्बरको जर्सी लगाउँछिन र उनलाई धेरै आर्जेन रोबिनसँग तुलना गरेका छन्।[30] डच फुटबलको बारेमा पुस्तकका लेखका पत्रकार डेभिड विनरले उनको खेल शैलीलाई मार्को भ्यान बास्टन र डेनिस बर्गक्याम्पको मिश्रणको रूपमा प्रस्तुत गरेका थिए।[37]
बायान मुन्छेन
आर्सनल
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.