मनिषा कोइराला
मनिषा कोइराला १६ अगस्ट १९७०मा नेपालको राजधानी काठमाडौँमा जन्मेकी एक नेपाल को अभिनेत्री हुन जुन / From Wikipedia, the free encyclopedia
मनिषा कोइराला १६ अगस्ट १९७० मा नेपालको राजधानी काठमाडौँमा जन्मेकी नेपालकी एक अभिनेत्री हुन्। उनी हिन्दी चलचित्रमा काम गर्छिन्। साथै उनी यूएनएफपीए सद्भावना राजदूत र सामाजिक कार्यकर्ताको रूपमा पनि परिचित छिन्। उनको बुवाको प्रकाश कोइराला र आमा सुष्मा कोइराला हुन्। उनी विश्वेश्वर प्रसाद कोइरालाकी नातिनी हुन्। उनले बसन्त कन्या महाविद्यालय भी.के.एम. मा १० कक्षासम्म पढेर वाराणसी गईन् र उनको चाहना डाक्टर बन्नु थियो तर उनी मोडेलिंगमा आफ्नो जीवनको सुरुवात गर्न थालिन्। सुरुमा मनिषा कोइरालाले हिन्दी चलचित्रमा काम गरिन् पछि तमिलको कयौं चलचित्रहरूमा पनि देखा परिन्। मनिषा कोइराला भारतनाट्यम र मणिपुरी नृत्यमा परिपूर्ण एउटा नृत्यांगना हुन्। उनले नेपाली चलचित्रमा पनि काम गरेकी छिन्। उनले नेपाली चलचित्र 'फेरी भेटौँला' (१९८९)मा अभिनय गरेकी थिइन्। उनको पहिलो हिन्दी चलचित्र सौदागर हो।