यो मन्दिर मुख्‍य मन्दिरको नामले पनि चिनिन्छ [स्रोत नखुलेको]। यस मन्दिरको बनावट सम्राट अशोक द्वारा स्‍थापित स्‍तूपको समान रहेको छ । यस मन्दिरमा बुद्धको एउटा ठुलो मुर्ती स्‍थापित छ । यो मुर्ती पदमासन को मुद्रामा रहेको छ । यहाँ यो अनुश्रुति प्रचिलत छ कि यो मुर्ती त्यसै ठाउँमा स्‍थापित रहेको छ जहाँ बुद्धले ज्ञान निर्वाण (ज्ञान) प्राप्‍त गरेका थिए । मन्दिरको चारै तिर ढुङ्गाको नक्‍काशीदार रेलिंग बनाइएको छ । यो रेलिंग नै बोधगयामा प्राप्‍त भएको सबैभन्दा पुरानो अवशेष हो । यस मन्दिर परिसरको दक्षिण-पूर्व दिशामा प्रा‍कृतिक दृश्‍यहरु भएको एउटा समृद्ध पार्क छ जहाँ बौद्ध भिक्षु ध्‍यान साधना गर्छन । साधारण मानिस यस पार्कमा मन्दिर प्रशासनको अनुमति लिएर मात्रै यहाँ प्रवेश गर्न सक्छन[स्रोत नखुलेको]

छरितो तथ्यहरू युनेस्को विश्व सम्पदा क्षेत्र, मापदण्ड ...
महाबोधी मन्दिर
युनेस्को विश्व सम्पदा क्षेत्र
Thumb
मापदण्डसांस्कृतिक: (i),(ii),(iii),(iv) तथा (vi)
सन्दर्भ१०५६
सूचीकृत२००२ (२६औ सत्र)
निर्देशाङ्क२४.६९६००४°N ८४.९९१३५८°E / 24.696004; 84.991358
Thumb
महाबोधी मन्दिर
भारतको नक्सामा महाबोधी मन्दिर
बन्द गर्नुहोस्

यस मन्दिर परिसरमा त्यस सात स्‍थानहरूलाई पनि चिन्हित गरिएको छ जहाँ बुद्धले ज्ञान प्राप्ति पश्चात सात हफ्ता बसेका थिए । जातक कथाहरूमा भएको उल्‍लेख अनुसार बोधि वृक्ष पनि यहाँ छ [स्रोत नखुलेको]। यो एउटा विशाल पिपलको रुख हो जुन मुख्‍य मन्दिरको पछाडी रहेको छ । भनिन्छ बुद्धलाई यसै रुखको मुनी ज्ञान प्राप्‍त भएको थियो । वर्तमानमा रहेको बोधि रुख त्यस बोधि रुखको पाँचौ बंश हो [स्रोत नखुलेको] । मन्दिर समूहमा बिहानको समय मन्दिरको घण्टाहरूको आवाज मनलाई एउटा अभुतपुर्व शान्ति प्रदान गर्दछ ।

Thumb
सन् १७८० मा मन्दिरको दृश्य

मुख्‍य मन्दिरको पछाडी बुद्धको रातो बालुवायुक्त ढुङ्गाको ७ फिट उचाईं भएको एउटा मुर्ती छ ।[1] यो मुर्ती विजरासन मुद्रामा रहेको छ । यस मुर्तीको चारै तीर विभिन्‍न रङ्गको झण्डा लगाइएको छ जसले यस मुर्तीलाई एउटा विशिष्‍ट आकर्षण प्रदान गर्छ । भनिन्छ कि तेश्रो शताब्‍दी ईसा पूर्वमा यसै स्‍थानमा सम्राट अशोकले हिराले बनेको राजसिहांसन लगाएका थिए र भनेका थिए कि और यो पृथ्वीको नाभिकिया केन्द्र हो । यस मुर्तीको अगाडि खैरौ बालुवाको ढुङ्गामाथि बुद्धको विशाल पदचिन्‍ह बनाइएको छ [स्रोत नखुलेको]। बुद्धको यिनै पदचिन्‍हहरूलाई धर्मचक्र प्रर्वतनको प्रतीक मान्ने गरिएको छ ।

सन्दर्भ सामग्री

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.