मातृकाप्रसाद कोइराला
नेपालका राजनितीज्ञ / From Wikipedia, the free encyclopedia
मातृकाप्रसाद कोइराला प्रजातान्त्रिक नेपालका प्रथम नागरिक प्रधानमन्त्री तथा राणाशाही शासनविरुद्ध भएको विक्रम सम्वत २००७ सालको जनक्रान्तिका अथक योद्धा मातृकाप्रसाद कोइरालाको जन्म वि. सं. १९६८ साल पुस १७ गते विराटनगरमा भएको थियो। उनी समाजसेवी कृष्णप्रसाद कोइरालाका जेठा छोरा हुन्। कृष्णप्रसाद कोइरालाले दुई श्रीमती मध्ये जेठी श्रीमती मोहनकुमारी कोइरालाबाट मातृकाप्रसाद कोइराला एक छोरा मात्र जन्म भयो। कान्छी श्रीमती दिव्या कोइरालाबाट भने चार छोराहरू - पूर्वप्रधान मन्त्रीद्वय विश्वेश्वर प्रसाद कोइराला र गिरिजा प्रसाद कोइराला एवं अन्य दुई छोराहरू - केशवप्रसाद कोइराला (उनी दिवंगत भएको र उनकी श्रीमती नोना कोइरालाको वि. सं. २०६३ मा निधन भयो।) र तारिणीप्रसाद कोइराला जन्मिएका थिए।
छरितो तथ्यहरू मातृका प्रसाद कोइराला, अमेरिकाका लागि नेपाली राजदूत ...
मातृका प्रसाद कोइराला | |
---|---|
अमेरिकाका लागि नेपाली राजदूत | |
कार्यकाल सन् १९६१ – १९६४ | |
पूर्वाधिकारी | ऋषिकेश शाह |
उतराधिकारी | पद्म बहादुर खत्री |
१८ औँ प्रधानमन्त्री (नेपाल) | |
कार्यकाल २०१० असार २[1] – २०११ फागुन १९ [2] १९५२ | |
एकाधिपति | राजा त्रिभुवन |
पूर्वाधिकारी | मोहन शमशेर ज.ब.रा. |
उतराधिकारी | राजा त्रिभुवनको शासन |
कार्यकाल १५ जून १९५३ – १४ अप्रिल १९५५ | |
एकाधिपति | त्रिभुवन, महेन्द्र |
पूर्वाधिकारी | राजा त्रिभुवनको शासन |
उतराधिकारी | राजा महेन्द्रको शासन |
नेपाली काँग्रेसका प्रथम अध्यक्ष | |
कार्यकाल १२ अप्रिल १९५० – २६ मे १९५२ | |
उतराधिकारी | विश्वेश्वरप्रसाद कोइराला |
व्यक्तिगत विवरण | |
जन्म | (१९१२-०१-०१)१ जनवरी १९१२ बनारस, बेलायती शासन |
मृत्यु | ११ सेप्टेम्बर १९९७(1997-09-11) (उमेर ८५) विराटनगर, नेपाल |
अभिभावक(हरू) | कृष्ण प्रसाद कोइराला मोहन कुमारी कोइराला |
आफन्तहरू | कोइराला परिवार हेर्नुहोस् |
बन्द गर्नुहोस्