![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/3/31/Mark_Zuckerberg_at_the_37th_G8_Summit_in_Deauville_018_v1.jpg/640px-Mark_Zuckerberg_at_the_37th_G8_Summit_in_Deauville_018_v1.jpg&w=640&q=50)
मार्क जुकरबर्ग
अमेरिकी इन्टरनेट उद्यमी / From Wikipedia, the free encyclopedia
फेसबुक नामक सामाजिक सञ्जाल का परिकल्पनाकार ३३ वर्षीय (सन २०१६ मा) यी अमेरिकी युवा विश्वका सबैभन्दा कम उमेरका अर्बपति हुन्। उनीसँग अहिले नै ७६ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ। जुन १५० खर्ब नेपाली रूपैयाँभन्दा बढी हो। फेसबुकको लोकप्रियतासँगै उनको यो सम्पत्तिमा पनि वृद्धि हुँदै जानेछ। अहिले फेसबुकमा आफ्नो एकाउन्ट खोल्ने व्यक्तिहरूको संख्या ५० करोड नाघेको छ। विश्वभर एकसाथ १५० करोडभन्दा बढी व्यक्ति यो सोसियल नेटवर्कसँग जोडिएका हुन्छन्।
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
मार्क जुकरबर्ग Mark Elliot Zuckerberg | |
---|---|
![]() सन् २०११मा मार्क जुकरबर्ग | |
जन्म | मार्क एलिअट जुकरवर्ग (१९८४-०५-१४)मे १४, १९८४[1] न्युयोर्क, अमेरिका |
वासस्थान | पालो आल्टो, क्यालिफोर्निया[2] |
जातीयता | यहुदी |
मातृ शिक्षाप्रतिष्ठान | हार्वर्ड विश्वविद्यालय (सन् २००४मा पढाई छोडेको) |
पेशा | फेसबुकका प्रमुख कार्यकारी अधिकृत/अध्यक्ष (सन् २०१०मा २४ % सेयर)[3] |
चिनारीको कारण | सन् २००४मा फेसबुकको स्थापना; सन् २००८मा विश्वका सबैभन्दा कम उमेरका अर्बपति [4] |
जम्मा सम्पति | ![]() |
आफन्त | र्यान्डी, डोन्ना र अरिल(दिदीबहिनिहरू) |
पुरस्कार | टाइम पर्सन अफ दि इयर २०१० |
वेबसाइट | फेसबुक डटकम/मार्क जुकरबर्ग |
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/1/15/Mark_Zuckerberg_-_South_by_Southwest_2008_-_2-crop.jpg/640px-Mark_Zuckerberg_-_South_by_Southwest_2008_-_2-crop.jpg)
फेसबुकको यही लोकप्रियतालाई ध्यानमा राख्दै टाइम म्यागाजिनले यो वर्ष मार्कलाई वर्ष व्यक्तित्व २०१०को सम्मान दिएको छ। उक्त म्यागजिनले यति कम उमेरका व्यक्तिलाई यस्तो पद विरलै दिएको छ। यसअघि १९२७मा अमेरिकी विमान चालक चाल्न लिन्डवर्ग तथा १९५२मा बिर्टेनकी महारानी एलिजाबेथ द्वितीयलाई कम उमेरमै वर्ष व्यक्तित्व घोषणा गरिएको थियो। विमान चालक तथा बेलायती महारानी दुवै उक्त सम्मान पाउँदा २६ वर्षका थिए।
सन् २००४मा हार्वर्ड युनिभर्सिटीमा अध्ययन गर्दागर्दै मार्कले विश्वलाई जोड्ने एउटा सेतु निर्माण गर्ने योजनाका साथ फेसबुकको निर्माण गरेका थिए। केही साथीको सहयोगमा खुलेको यो साइटका लागि काम गर्ने कर्मचारीको संख्या अहिले १ हजार ७ सय छ। सबैभन्दा रमाइलो कुरा यो साइटमा काम गर्ने अधिकांश कर्मचारी उनीभन्दा बढी उमेरका छन्। साइटलाई विवादरहित एवं लोकप्रिय बनाउन जुबेरवर्गले ११ जना विशेषज्ञ राखेका छन्।