मासु, माँस या मासु ती प्राणीहरूका र मुख्यतः मांसपेशीहरूलाई भनिन्छ, जसको सेवन भोजनको रूपमा पनि गरिन्छ। मासु शब्दलाई बोलचाल र व्यावसायिक वर्गीकरणको आधारमा पृथ्वीमा रहने पशुहरूको मासुको सन्दर्भमा प्रयोग गरिन्छ (मुख्यत: कशेरुकी: स्तनधारी, पक्षीसरीसृप), जलीय मतस्य जीवहरूको मासु माछाको श्रेणीमा जबकि अन्य समुद्री जीव जस्त कि क्रसटेशियन, मोलस्क आदि समुद्री भोजनको श्रेणीमा आउँछन्। त्यस्तै यो वर्गीकरण पूर्णत: लागू हुँदैन र धेरै समुद्री स्तनधारी जीवहरूलाई पनि कहिले मासु र कहिले माछा मानिन्छ। पोषाहारको दृष्टिले मानवको भोजनमा मासु, प्रोटीन, वसाखनिजको एउटा गतिलो र राम्रो श्रोत हो। सबै पशुहरू र वनस्पतिहरूबाट प्राप्त भोजनहरूमा, मासुलाई सबैभन्दा उत्तम र सबैभन्दा अधिक विवादास्पद खाद्य पदार्थ पनि मानिन्छ। जहाँ पोषणको दृष्टिले मासु एक पोषाहार हो त्यहीं विभिन्न धर्म यसको सेवनसित आफ्ना अनुयायीहरूलाई टाडा रहने सल्लाह दिन्छन्। जो पशु पूर्ण रूपले आफ्नो भोजनको लागि मासुमा निर्भर हुन्छन् तिनलाई मांसाहारी भनिन्छ, यसको विपरीत, वनस्पति खाने पशुहरूलाई शाकाहारी भनिन्छ। जो वनस्पति साना जीवहरू र किराको सेवन गर्दछन् मांसभक्षी पादप भनिन्छ।

Thumb
मासुका विभिन्न प्रकार
Thumb
मासुको कीमा

सन्दर्भ

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.