मोहन जोदडो
पाकिस्तानको सिन्ध प्रदेशको एक स्थल / From Wikipedia, the free encyclopedia
मोहन जोदडो (सिन्धी: موئن جو دڙو), अर्थ 'मृत मानिसहरूको ढिस्को';[2] (उर्दु: موئن جو دڑو) पाकिस्तानको सिन्ध प्रदेशको एउटा पुरातात्त्विक स्थल हो। ईसापूर्व २५०० तिर निर्माण गरिएको यो प्राचीन सिन्धु घाटीको सभ्यताको सबैभन्दा ठूलो बस्तीहरूमध्ये एक थियो। यसमा मानकीकृत इँटा, सडक सञ्जाल र ढल निकास प्रणाली जस्ता विशेषताहरू थिए। यो संसारको सबैभन्दा पुरानो प्रमुख सहरहरूमध्ये एक थियो र यो पुरातन मिस्र, मेसोपोटामिया, मिनोयन सभ्यता र कराल सभ्यतासँगसँगै थियो।[3] १९औँ शताब्दीमा सिन्धुघाटी सभ्यता घट्दै गएपछि मोहन-जोदडोलाई परित्याग गरिएको थियो र सन् १९२० को शताब्दीसम्म यो ठाउँ पुन: पत्ता लागेको थिएन। सन् १९८० मा युनेस्कोले विश्व सम्पदा क्षेत्र भनेर नामकरण गरेको यस सहरको स्थलमा महत्वपूर्ण उत्खनन कार्य सञ्चालन हुँदै आएको छ।[4] हाल यो ठाउँ क्षतविक्षत र अनुचित व्यवस्थापनको खतरा रहेको छ।[5]
मोहन जोदडो | |
---|---|
स्थान | लडकाना जिल्ला, सिन्ध, पाकिस्तान |
निर्देशाङ्क | २७°१९′४५″उ॰ ६८°०८′२०″पू॰ |
प्रकार | वस्ती |
क्षेत्रफल | २५० हेक्टर (६२० एकड)[1] |
इतिहास | |
स्थापना | २६–२५औँ शताब्दी ईपू |
ध्वस्त | १९औँ शताब्दी ईपू |
संस्कृति | सिन्धु घाटीको सभ्यता |