From Wikipedia, the free encyclopedia
युइएफए युरोपियन च्याम्पियनसिप युरोपेली फुटबल महासङ्घका सदस्य राष्ट्रहरूबिच युरोपेली विजेताको फैसला गर्न गरिने प्रतियोगिता हो। सन् १९६० यता हरेक चार वर्षमा आयोजना गरिँदै आएको यो प्रतियोगिताको सुरुको नाम युइएफए युरोपियन नेसन्स कप थियो भने सन् १९६८ देखि युइएफए यूरोपियन च्याम्पियनसिप भन्न थालिएको हो। फिफा विश्वकपपछि सबभन्दा बढी लोकप्रिय यस प्रतियोगितामा छनौटका लागि आयोजक राष्ट्र(जुन स्वत छनौट हुन्छ) बाहेक प्रत्येक राष्ट्रले छनौट खेल खेल्दछन्।[1][2] यसको विजेताले आउँदो फिफा कन्फेडेरेसन कपमा सहभागिताको अवसर प्राप्त गर्दछ। हालसम्म जर्मनी (१९७२, १९८० र १९९६) र स्पेन (१९६४,२००८ र २०१२) ले सर्वाधिक तीन पटक युइएफए युरो जितेका छन्। फ्रान्स हालसम्म ३ पटक (१९८४ र २०००) फाइनल पुगेकोमा २ पटक विजेता बन्यो। त्यस्तै इटाली, डेनमार्क, नेदरल्यान्ड, रसिया, ग्रीस र चेकोस्लोभाकियाले एकएक पटक यो उपाधि चुम्न सफल भएका छन्। हालसम्म स्पेनमात्र एक त्यस्तो टोली हो जसले लगातार दुई पटक यो उपाधि जित्न सकेको छ। यस प्रतियोगिताको पछिल्लो संस्करण सन् २०१६ मा फ्रान्सले आयोजना गरेकोमा फाइनल खेलमा पोर्चुगल ले फ्रान्स लाई १-० अन्तरले पराजित गर्दै जितेको थियो। आउँदो संस्करणको युरोकप ? हुनेछ।[3]
स्थापना | १९६० |
---|---|
क्षेत्र | युरोप (युइएफए) |
समूह सङ्ख्या | २४ (फाइनल) ५४ (छनौटको लागि योग्य) |
वर्तमान विजेता | स्पेन (४ औं उपाधि) |
सबैभन्दा सफल टोली | स्पेन (४ उपाधि) |
वेबसाइट | आधिकारिक वेबसाइट |
युइएफए युरोकप २०२० छनौट |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.