![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/d/de/Rekha_Thapa.jpg/640px-Rekha_Thapa.jpg&w=640&q=50)
रेखा थापा
नेपाली चलचित्र अभिनेत्री / From Wikipedia, the free encyclopedia
रेखा थापा (जन्म विसं २०३९ भाद्र ५) नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् ।[6] २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् । सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् ।[7] दर्जनौ सुपरहिट चलचित्र "काली" र "हिम्मतवाली" पछि २०७० चैत-२६ मा चलचित्र "रामप्यारी" लिएर आएकि थिइन् ।
छरितो तथ्यहरू रेखा थापा, जन्म ...
रेखा थापा | |
---|---|
![]() एक कार्यक्रममा रेखा | |
जन्म | रेखा थापा (1982-08-21) २१ अगस्ट १९८२ (उमेर ४१) सलकपुर, मोरङ, कोशी, नेपाल |
वासस्थान | काठमाडौँ, नेपाल |
राष्ट्रियता | ![]() |
अन्य नाम |
|
पेशा | अभिनेत्री, मोडल, निर्माता, सामाजिक कार्यकर्ता |
कार्यकाल | वर्तमान |
उचाइ | १.६ मिटर [1] |
राजनीतिक दल | राष्ट्रिय प्रजातन्त्र पार्टी[2] |
धर्म | हिन्दु[3] |
जीवनसाथी | छबी राज ओझा
( वि २००१; सवि २०१२)बलराम शाही ( वि २०२२) |
मातापिता | प्रेम थापा (बुबा) सरस्वती थापा (आमा)[5] |
पुरस्कार | "सीजी डिजिटल फिल्म अवार्ड" (२०१०) "नेफ्टा फिल्म अवार्ड" (२०११) |
वेबसाइट | www |
बन्द गर्नुहोस्