वासिंगटन, डी.सी., (औपचारिक रूपमा कोलम्बियाको जिल्ला, डीसी वा वासिङ्गटन), संयुक्त राज्य अमेरिकाको राजधानी हो।[1] अमेरिकी क्रान्ति पछि नयाँ स्वतन्त्र देशको सरकारको सीटको रूपमा स्थापना भएको, वासिंगटनलाई, जर्ज वासिंगटनको (संयुक्त राज्यका प्रथम राष्ट्रपति र संस्थापक) का नाममा राखिएको हो।[2] संयुक्त राज्य अमेरिकाको संघीय सरकार र अन्तर्राष्ट्रिय संगठनहरूको थलोका रूपमा रहेको वासिंगटन विश्व राजनीतिक हिसाब बाट महत्वपृर्ण स्थान हो। मेरील्याण्ड र भर्जिनियाको सिमानामा रहेको पोटोमाक नदीमा अवस्थित यो शहर संयुक्त राज्य अमेरिकामा सबैभन्दा धेरै भ्रमण गरिएको शहरहरू मध्यमा पर्दछ जहाँ वर्षेनी २० करोड भन्दा बढी आगन्तुकहरू घयम्न आउने गर्दछन्।

छरितो तथ्यहरू वासिङ्टन, डी.सी., वेबसाइट ...
वासिङ्टन, डी.सी.
Thumb
Thumb
Thumb
वेबसाइटडीसी.गव
बन्द गर्नुहोस्
Thumb
वासिंगटनको नक्सा

जुलाई १६, १७९० मा, रेजिडेन्स ऐनमा हस्ताक्षर भएपछि देशको पूर्वी तटको नजिक पोटोमाक नदीको किनारमा अवस्थित जिल्ला लाई राजधानी बनाउने विषयको अनुमोदन भयो। संयुक्त राज्य अमेरिकाको संविधान अनुसार उक्त जिल्ला अमेरिकी सदन (कङ्ग्रसे कै) मातहतमा रहने भएकाले वासिंगटन कुनै पनि अमेरिकी राज्य भित्र पर्दैन। मेरील्याण्ड र भर्जिनिया राज्यहरूले संघीय जिल्ला गठन गर्न जग्गा प्रधान गरेका हुन् (जसमा जर्जटाउन र अलेक्जान्ड्रियाको पूर्व अवस्थित बस्तीहरू पर्दछन्)। राजधानीको रूपमा वासिंगटन शहरको स्थापना सन् १७९१ मा भएको थियो। सन् १८४६ मा अमेरिकी कङ्ग्रेसले भर्जिनियाका स्थानहरु फिर्ता गर्यो र बाँकी रहेका स्थानबाट संघीय जिल्ला बनाएको थियो।

वासिंगटनको जुलाइ २०१९ को आंकलन सम्ममा जनसंख्या ७०५,७४९ रहेको छ। जनसङ्ख्याका हिसाबमा बिसौँ स्थानमा वासिंगटन पर्दछ। मेरील्यान्ड र भर्जिनिया बाट दैनिक कार्य गर्न आउने व्यक्तिहरु बाट दैनिक जनसङ्ख्या १० लाख सम्ममा पनि थपिन्छन्। संयुक्त राज्य संघीय सरकारको तीन शाखा वासिंगटनमा नै केन्द्रित छन्: कांग्रेस (विधायिका), राष्ट्रपति (कार्यकारी), र सर्वोच्च अदालत (न्यायिक)। वासिंगटनमा धेरै राष्ट्रिय स्मारकहरू र संग्रहालयहरु नेशनल मल वरपर स्थित छ। यस शहरले १७७ विदेशी दूतावासहरूका साथै अन्तर्राष्ट्रिय संस्थाहरू, ट्रेड युनियनहरू, र व्यावसायिक संघहरू (जसमा विश्व बैंक समूह, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), अमेरिकी राज्यहरूको संगठनका मुख्यालयहरु, AARP, नेशनल, ज्योग्राफिक समाज, मानव अधिकार अभियान, अन्तर्राष्ट्रिय वित्त निगम, र अमेरिकी रेड क्रस) रहेका छन्।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.