विश्व सम्पदा समिति
From Wikipedia, the free encyclopedia
विश्व सम्पदा समिति ती महत्त्वपूर्ण स्थलहरूको चयन गर्दछ जसलाई युनेस्कोको विश्व सम्पदा क्षेत्रको रूपमा सूचीवद्ध गर्न सकियोस । यो विश्व सम्पदा सभाको कार्यान्वयनको लागि जिम्मेवार संस्था हो । यस समितिले विश्व धरोहर कोषको प्रयोगलाई परिभाषित गर्नुका साथै राष्ट्र दलहरूको अनुरोधमा वित्तीय सहायताको आवंटन गर्ने गर्दछ । यसको गठन २१ राष्ट्र दलहरू[1] सँग सहकार्यमा हुन्छ, जसको चुनाव राष्ट्र दलहरूको महासभाद्वारा चार वर्षको कार्यकालको लागि हुने गर्छ।[2]
विश्व सम्पदा सभाको नियमानुसार समितिको सदस्य राष्ट्रको कार्यकाल ६ वर्षको लागि हुन्छ, तर कतिपय राष्ट्र दल स्वेच्छाले मात्रै चार वर्षको लागि समितिको सदस्य बन्न स्वीकार गर्छन जसले अन्य अर्को राष्ट्र दलहरू पनि यस समितिको सदस्य बन्न मौका पाउन सकोस ।[2] उदाहरणको लागि, १५औं महासभा (२००५) को लागि निर्वाचित सबै सदस्य राष्ट्रले स्वेच्छाले आफ्नो कार्यकाल ६ वर्षबाट घटाएर ४ वर्ष गर्ने निर्णय गरेको थियो ।[2]