ऐतिहासिक भारतीय सम्बत From Wikipedia, the free encyclopedia
शक संवत् वा शक सम्बत जसलाई शाके वा श्री शाके भनेर पनि लेखिएको छ, एक ऐतिहासिक सम्बत हो। यसको सुरूवात ईश्वी सम्बतको वर्ष ७८ तिर हुन जान्छ। भारतमा यसलाई शालिवाहन शक भनिन्थ्यो । यो सम्बतको प्रयोग हिन्दु, बौद्ध र जैन धर्मका पुस्तकहरूमा छ । यस सम्बतको उत्पत्ति विवादास्पद छ । यो सम्बतलाई भारतीय राष्ट्रिय पात्रोको नाम स्वीकृत गरिएको छ । यो प्राचिन इन्डोनेशियाको जावा द्वीप राज्यमा प्रचलित पनि थियो ।
शक संवत्का विषयमा बुदुआको मत छ कि यसलाई उज्जयिनीका क्षत्रप चेष्टनले प्रचलित गरे। शक राज्यहरूलाई चन्द्रगुप्त विक्रमादित्यले समाप्त गरिदिए तथापि तिनको स्मारक शक संवत् अहिलेसम्म भारतवर्षमा चलिरहेको छ।
सन 1633 सम्म यस सम्बतलाई जावा द्वीपको दरबारले प्रयोग गरेको थियो । अन्नो जावानिको नामक जावानिय-इस्लामी व्यवस्था मिश्रित सम्बतले शक सम्बतलाई जावामा विस्थापन गर्यो ।[1]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.