संयुक्त राज्य अमेरिका
उत्तर अमेरिका महादेशमा रहेको विश्वको चौथो ठूलो राष्ट्र हो / From Wikipedia, the free encyclopedia
संयुक्त राज्य अमेरिका, (सामान्यत: अमेरिका, यु.एस्.ए. वा यु.एस्.) संवैधानिक सङ्घीय गणतन्त्रमा आधारित उत्तर अमेरिका महादेशमा रहेको विश्वको चौथो ठुलो राष्ट्र हो। ५० वटा संवैधानिक राज्यमा बाँडिएको अमेरिकाको राजधानी वाशिङ्टन, डी.सी. हो। यहाँका अठ्चालीस राज्य प्रशान्त र आन्ध्र महासागरहरूको बीचमा मध्य उत्तर अमेरिकामा पर्दछन् जसको उत्तरमा क्यानाडा र दक्षिणमा मेक्सिको छ। बाँकी दुई मध्ये अलास्का सोही महादेशको उत्तरपश्चिममा पर्दछ जसको पूर्वमा क्यानाडा र पश्चिममा रुस रहेको छ। त्यसैगरी हवाइ राज्य भने मध्य प्रशान्त महासागरमा अवस्थित द्वीपमा पर्दछ। ९८ लाख वर्ग कि. मि.मा फैलिएको र ३१,७७,१२,००० जनसङ्ख्या भएको, संयुक्त राज्य अमेरिका, विश्वका बहुसांस्कृतिक देशहरूमध्ये एक हो।
संयुक्त राज्य अमेरिका United States of America Estados Unidos de América | |
---|---|
राष्ट्रिय गान: "द स्टार–स्प्याङ्गल्ड ब्यानर" | |
राजधानी | वाशिङ्टन, डी.सी. |
सबैभन्दा ठुलो सहर | न्यु योर्क |
आधिकारिक भाषाहरू | सङ्घीय स्तरमा कुनै पनि छैन[a] |
राष्ट्रिय भाषा | अङ्ग्रेजी (de facto)[b] |
सरकार | सङ्घीय राष्ट्रपतिय प्रणालीसहितको संवैधानिक गणतन्त्र |
जो बाइडेन (डे) | |
• उपराष्ट्रपति | कमला ह्यारिस (डे) |
• सभामुख | न्यान्सी पेलोसी (डे) |
• प्रधान न्यायाधीश | जोन रोबर्ट्स |
व्यवस्थापिका | कङ्ग्रेस |
सिनेट | |
प्रतिनिधि सभा | |
स्वतन्त्रता | |
• घोषणा मिति | सन् १७७६ जुलाई ४ |
• मान्यता पाएको मिति | सन् १७८३ सेप्टेम्बर ३ |
सन् १७८८ जुन २१ | |
मुद्रा | अमेरिकी डलर |
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत) | अन्तर्राष्ट्रिय प्रमाणिक समय+५:४५ |
मिति ढाँचा | m/d/yyyy (AD) |
सडक प्रयोग | right |
टेलिफोन कोड | +१ |
इन्टरनेट डोमेन | डटयूएस डटगव डटमिल डटइडीयू |
वेबसाइट यूएसए.गव |
पालेओ-आदिवासीहरू कम्तिमा १२,००० वर्ष पहिले उत्तर अमेरिकी मुख्य भूमिमा साइबेरियाबाट बसाइँ सरेका थिए, र उन्नत संस्कृतिहरू पछि देखा पर्न थाले। १६औँ शताब्दीको दौडान युरोपेली उपनिवेशवादीहरू आइपुग्दा यी उन्नत संस्कृतिहरू लगभग पूर्ण रूपमा घटिसकेका थिए।
संयुक्त राज्य द्वि-सदनात्मक व्यवस्थापिका सहित तीन फरक सरकारी अङ्ग भएको सङ्घीय गणतन्त्र हो। अमेरिका संयुक्त राष्ट्र सङ्घ, विश्व बैङ्क, अन्तराष्ट्रिय मुद्रा कोष, अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स, नेटो, र अन्य अन्तराष्ट्रिय सङ्गठन हरूको संस्थापक सदस्य हो। यो संयुक्त राष्ट्र सुरक्षा परिषदको स्थायी सदस्य पनि हो।