![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/9/92/Changtse%252C_Everest_West_Shoulder%252C_Mount_Everest%252C_Nuptse%252C_Nepal%252C_Himalayas.jpg/640px-Changtse%252C_Everest_West_Shoulder%252C_Mount_Everest%252C_Nuptse%252C_Nepal%252C_Himalayas.jpg&w=640&q=50)
सगरमाथा राष्ट्रिय निकुञ्ज
नेपालको राष्ट्रिय निकुञ्ज / From Wikipedia, the free encyclopedia
सगरमाथा राष्ट्रिय निकुञ्ज पूर्वी नेपालको सोलुखुम्बु जिल्लाको उत्तरी भागमा छ जसले सगरमाथा, ल्होत्से, नुप्त्से, चो यु, आमादब्लम हिमालहरू तथा यस वरिपरिको क्षेत्रको ओगटेको छ। यसको क्षेत्रफल ११४८ वर्ग कि.मि. छ । यो इ.सं. १९७६ मा स्थापना गरिएको हो। यस निकुञ्ज क्षेत्रलाई इ.सं. १९७९ देखि विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको छ ।[1][2] यो निकुञ्ज १८०० मि. देखि ८८४८ मि. सम्मको उचाईमा रहेको छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गूर बाँदर,मोनाल, हॉइटे उइङ्ग्ड ग्रस बिक्ड, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन्। यो क्षेत्रभित्र बसोबास गर्ने मानिसहरूको सङ्ख्या करिब ३,००० छ । जसमा मुख्य रूपले शेर्पा जातीको मानिसहरूको बसोवास रहेको छ । यहाँको मुख्य बसोबास क्षेत्रहरू नाम्चे बजार, खुम्जुङ, थामे, थेङ्बोचे, स्याङ्बोचे आदि हुन्।
छरितो तथ्यहरू सगरमाथा राष्ट्रिय निकुञ्ज Sagarmatha National Park, स्थान ...
सगरमाथा राष्ट्रिय निकुञ्ज Sagarmatha National Park | |
---|---|
आईयूसीएन श्रेणी II (राष्ट्रिय निकुञ्ज) | |
![]() सगरमाथा राष्ट्रिय निकुञ्ज | |
स्थान | नेपाल |
क्षेत्र | १,१४८ किमी२ (४४३ वर्ग माइल) |
स्थापना | जुलाई १९, १९७६ |
निकाय | राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय |
किसिम | प्राकृतिक |
मापदण्ड | vii |
नामाङ्कित | १९७९ |
सन्दर्भ क्रम सङ्ख्या | १२० |
राज्य पार्टी | ![]() |
क्षेत्र | एसिया-प्रशान्त |
बन्द गर्नुहोस्
==इतिहास==sagarmatha