From Wikipedia, the free encyclopedia
सिलवास वा सिलवासा ⓘ; भारतको केन्द्र शासित प्रदेश दादरा र नगर हवेलीको राजधानी सहर हो । यो सहर अरब सागरको नजिकै अवस्थित छ । अङ्ग्रेजी प्रभावको कारण सिलवासको उच्चारण प्रायजसो सिलवासा गर्ने गरिन्छ र मुख्यतया मानिसहरू अब यसलाई सिल्वासा वा सिलवासा भनेर नै बोलाउने गर्दछन् । गुजरती जनसङ्ख्याको प्रभावकै कारण यसलाई सेलवास (गुजराती: સેલ્વાસ) पनि भन्ने गरिन्छ । पोर्चुगेली शासनको समयमा लिसबन (पेको डी एक्रोस, ओइरास) नजिकै रहेको सहरको नाममा सिलवासलाई भिला डी पेको डी'एक्रोस' को नामले समेत जानिन्थ्यो ।
सिलवास
Silvassa સેલ્વાસ | |
---|---|
राजधानी | |
देश | भारत |
राज्य | दादरा र नगर हवेली |
जिल्ला | दादरा र नगर हवेली जिल्ला |
सरकार | |
• मेयर | राकेशसिंह चौहान |
उन्नतांश | ३२ मिटर (१०५ फिट) |
जनसङ्ख्या (२०११) | |
• जम्मा | ९८,२६५ |
भाषाहरू | |
• आधिकारिक | अङ्ग्रेजी, गुजराती, पोर्चुगेली |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
टेलिफोन कोड | 0260 |
सवारी दर्ता | DN -09 |
वेबसाइट | dnh |
यस नगरमा १०,००० भन्दा बढीको सङ्ख्यामा उद्योग व्यवसाय स्थापित छन्, जुन यहाँको स्थानीय सरकारलाई राम्रो मात्रामा राजस्व तिर्ने गर्छन् । भारतको प्रस्तावित १०० स्मार्ट सिटी बनाउने लक्ष्य अनुरुप यो सहरको नाम पनि रहेको छ । हिन्दी र गुजराती सहरको प्रमुख भाषा हुन्, उद्योग व्यवसाय बढ्दो क्रममा भएको हुनाले अङ्ग्रेजीको प्रयोग बढ्दो छ ।
१९औँ शताब्दीको अन्तसम्म सिलवास एउटा सानो गाउँको रूपमा रहेको थियो । सिलवासको महत्त्वपूर्ण विकास सन् १८८५ मा प्रारम्भ भयो जब पोर्चुगेली प्रशासनले नगर हवेलीको सिटलाई यस सहरसँग साट्यो । सन् १८८५ फेब्रुअरी ११, सिलवासलाई सहरको रूपमा निर्माण गरियो र यसको नाम भिला डी पेको डी'एक्रोस राखियो । तर, पुरानै नाम अर्थात सिलवास नै बढी प्रयोगमा रह्यो र सबै आधिकारिक कागजातमा सिलवास नामनै राखियो ।
भारतको जनगणना २००१ अनुसार सिलवासको जनसङ्ख्या २१,८९० रहेको थियो भने[1] सन् २०११ को जनगणना अनुसार यहाँको जनसङ्ख्या [2] ९८, २६५ रहेको छ ।
वर्ली मानिसहरूले यहाँ वर्ली बोल्ने गरिन्छ । यो मराठी-कोंकणी बोलीको एक भाषा हो साथै अग्री भाषा पनि यहाँका मानिसहरूद्वारा बोल्ने गरिन्छ । पोर्चुगेलीहरूद्वारा शासन गरिएको यस स्थानमा रोमन क्याथोलिक धर्म मान्ने धेरै मानिसहरूद्वारा पोर्चुगेली भाषा बोल्ने गरिन्छ । यस वाहेक यहाँ गुजराती भाषा र मराठी भाषा पनि निक्कै मानिसहरूद्वारा बोलिने गरिन्छ ।[3]
सिलवास भारतको राष्ट्रिय राजमार्गसँग व्यवस्थित तरिकाले जोडिएको छ । यहाँबाट नजिकै रहेको रेलवे स्टेसनहरू वापी मात्रै १८ किलोमिटर (११ माइल) टाढा र भिलाद, १२ किलोमिटर (७.५ माइल) टाढा रहेको छ । यहाँबाट राष्ट्रिय राजमार्ग क्रमाङ्क ८ को प्रयोग गर्दै भिलाद हुँदै दमन ३० किलोमिटर (१९ माइल), मुम्बई १८० किलोमिटर (११० माइल) र सुरत १४५ किलोमिटर (९० माइल) टाढा रहेको छ । यहाँको स्थानीय बजार यातायातको लागि रिक्साको प्रयोग गर्न सकिन्छ ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.