१९७० फिफा विश्वकप
From Wikipedia, the free encyclopedia
१९७० फिफा विश्वकप पुरुषहरूको राष्ट्रिय टोलीका लागि अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिप प्रतियोगिता थियो र फिफा विश्वकपको नौऔं संस्करण थियो जुन , ३१ मे देखि २१ जून सम्म मेक्सिकोमा आयोजिना भएको थियो । यो पहिलो विश्वकप प्रतियोगिता थियो जुन युरोप र दक्षिण अमेरिकामा नभएर उत्तरी अमेरिकामा आयोजित गरिएको थियो । सबै ६ वटा महाद्वीपहरूबाट ७६ राष्ट्रहरू प्रतिनिधित्व गर्ने टोलीहरूले प्रतियोगितामा प्रवेश गरेका थिए र यसको छनोट खेल मे १९६८ मा सुरु भएको थियो ।पुर्ब बिजेता इङ्ल्याण्ड र आयोजक मेक्सिकोसँग गरी १४ टोलीहरू यस प्रक्रियाबाट छनोट भएका थिए । एल साल्भादोर, इजरायल र मोरक्कोले अन्तिम चरणमा पहिलो पटक उपस्थित जनाएका थिए ।
छरितो तथ्यहरू Copa Mundial de Fútbol México 70, प्रतियोगिता विवरण ...
Copa Mundial de Fútbol México 70 | |
---|---|
प्रतियोगिता विवरण | |
आयोजक देश | मेक्सिको |
मिती | ३१ मे – २१ जून १९७० (२२ दिन) |
जम्मा टिम सङ्ख्या | १६ (५ संघहरूबाट) |
मैदान | ५ (५ वटा सहरहरूमा) |
अन्तिम परिणाम | |
विजेता | ब्राजिल (३औँ उपाधि) |
उप विजेता | इटाली |
तेस्रो स्थान | पश्चिम जर्मनी |
चौथो स्थान | उरुग्वे |
प्रतियोगिता विवरण | |
जम्मा खेलिएको खेल | 32 |
हानिएको गोल | 95 (2.97 प्रत्येक खेलमा) |
दर्शक सङ्ख्या | १,६०४,०६५ (५०,१२७ प्रत्येक खेलमा) |
सर्बाधिक गोलकर्ता | Gerd Müller (१० गोल) |
उत्कृष्ट खेलाडी | पेले[1] |
उत्कृष्ट युवा खेलाडी | Teófilo Cubillas |
← १९६६ १९७४ → |
बन्द गर्नुहोस्