From Wikipedia, the free encyclopedia
२०१६ ग्रीष्मकालीन ओलम्पिकको आधिकारिक नाम रियो ओलम्पिक हो। यो ओलम्पिक खेलको ३१औँ संस्करण हो। जुन ब्राजिलको रियो दी जेनेरियोमा अगस्ट ५ देखि २१ सम्म आयोजना भएको थियो। जहाँ कुल २०६ ओलम्पिक सदस्य राष्ट्रहरूको जम्मा १०,२९३ जना खेलाडीहरूले २८ खेलका विभिन्न स्पर्धामा भाग लिएका थिए।
आयोजक सहर | रियो दी जेनेरियो, ब्राजिल |
---|---|
आदर्श वाक्य | एक नयाँ विश्व (पोर्तगाली: Um mundo novo) |
सहभागी राष्ट्रहरू | २०७ |
सहभागी खेलाडीहरू | १०,२९३ (निश्चित) (१०,५०० भन्दा बढी आकलन गरिएको) |
खेल | २८ खेलमा ३०६ प्रतिस्पर्धा खेलहरू |
उद्घाटन समारोह | ५ अगस्ट |
समापन समारोह | २१ अगस्ट |
रङ्गशाला | मराकाना स्टेडियम |
क्र.स | सहर | देश | पहिलो चरण | दोस्रो चरण | तेस्रो चरण |
---|---|---|---|---|---|
१. | रियो दी जेनेरियो | ब्राजिल | २६ | '४६' | '६६' |
२. | म्याड्रिड | स्पेन | '२८' | २९ | ३२ |
३. | टोक्यो | जापान | २२ | २० | _ |
४. | चिकागो | अमेरिका | १८ | _ | _ |
ब्राजिलको राजधानी रियो दी जेनेरियोमा ओलम्पिक खेल–२०१६ को औपचारिक उद्धघाटन भएको थियो।
भव्य कार्यक्रमबीच गरिएको उद्धघाटन कार्यक्रममा प्रस्तुतिहरूको मुख्य विषय विश्व शान्ति र वातावरण थियो। ब्राजिलले आफ्नो जङ्गल र त्यहाँको सांस्कृतिक विविदतालाई पनि कार्यक्रमको हिस्सा बनाएको थियो। उद्धघाटन कार्यक्रम फुटबलकालागि प्रसिद्ध माराकाना रंगशालामा गरिएको हो।
कार्यक्रममा ब्राजिलमा पर्चुगिजहरूको प्रवेशदेखि ब्राजिलमा अफ्रिकन बदुवा मजदुर र त्यहाँ रहेका जापानी समुदायसम्मको इतिहासलाई समेटिएको थियो। बेजिङ–२००८ र लन्डन–२०१२ भन्दा आर्थिकरूपमा निकै धेरै बन्देजहरूको बाबजुद ओलम्पिकको आयोजना गरेको ब्राजिलले उद्धघाटन कार्यक्रममा थोरै मात्र हाइटेक सामग्रीको प्रयोग गरेको थियो। कार्यक्रमको सांस्कृतिक झलक देखाउनका लागि कार्निभल पार्टीको आफ्नो मौलिकताको अत्यधिक प्रयोग गरेको थियो। कार्यक्रमको सभापतित्व अन्तरिम राष्ट्रपति मिकेल टेम्परले गरेका थिए भने विभिन्न देशका राष्ट्रप्रमुखहरूको पनि सहभागिता रहेको थियो।[1][2][3]
।
लागत खर्च बढी लाग्ने भएकोले ब्राजिलको ओलम्पिक समितिले यस ओलम्पिकमा साबिकका ओलम्पिकहरूमा जस्तोस्वर्ण पदकमा शुद्ध सुनको प्रयोग नगर्ने बताएको थियो।तर भने शुद्ध सुनको सत्तामा शुद्ध सुनको जलव/लेपन लगाउने बताएको थियो।जसले गर्दा केही दरमा भएपनिलागत खर्चमा सघाउ पुग्ने उक्त समितिले जनाएको थियो।
यस ओलम्पिकमा दुई पुराना खेलहरू रग्बी फुटबल र गल्फ पुनः थपिएको थियो।किनभने केही पछिल्लो ओलम्पिकहरूमा यी दुई खेलहरू समावेश गरिएको थिएन।त्यसैकारण यस ओलम्पिकमा यी खेलहरू नौलो रूपमा प्रस्तुत भएको थियो।
यस ओलम्पिकमा कुल २८ खेलहरूको जम्मा ३०६ वट स्पर्धामा प्रतिस्पर्धा हुनेछन्।त्यसमध्ये केही खेलहरू:-
स्थान | राष्ट्र | स्वर्ण | रजत | कांस्य | कुल |
---|---|---|---|---|---|
१ | संयुक्त राज्य अमेरिका | ४६ | ३७ | ३८ | १२१ |
२ | संयुक्त अधिराज्य | २७ | २३ | १७ | ६७ |
३ | चीन | २६ | १८ | २६ | ७० |
४ | रुस | १९ | १८ | १९ | ५६ |
५ | जर्मनी | १७ | १० | १५ | ४२ |
जम्मा(८२ राष्ट्रहरू सहित) | ३०७ | ३०७ | ३६० | ९७४ |
स्थान | राष्ट्र | स्वर्ण | रजत | कांस्य | कुल |
---|---|---|---|---|---|
1 | भारत | ० | १ | १ | २ |
जम्मा | ० | १ | १ | २ |
सन् २०२० को टोकियो ओलम्पिकलाई स्वागत गर्दै ब्राजिलमा जारी ३१औँ संस्करणको रियो ओलम्पिक २०१६ सम्पन्न भएको छ। नेपाली समय अनुसार सोमबार बिहान रियो दि जेनेरियोमा ऐतिहासिक मारकाना स्टेडियममा भएको हो। भारी वर्षाका कारण केही फितलो देखिएको समापन समारोह मकाराना रंगशालामा भएको थियो। निकै सङ्घर्षका बीच समापन आयोजना गर्नुपरेको आयोज राष्ट्र ब्राजिलले बताएको छ।
यो पटकको ओलम्पिकका पनि अमेरिकाको दबदबा रह्यो। त्यसपछि बेलायत र तेस्रोमा चीनले पकड जमाए। अमेरिकाले सबैभन्दा धेरै १२१ वटा पदक जित्दै आफ्नो दबदबा तोड्ने कुनै देश नरहेको सन्देश दियो। समापन समारोहमा पनि ओलम्पिक राष्ट्रका खेलाडीहरू सहभागी थिए। समापनमा २०७ राष्ट्रकै प्रतिनिधित्व हुने गरी ब्राजिलको कला संस्कृति र झाँकी समावेश गरिएको थियो।
अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) का अध्यक्ष थामस बाकले माराकाना स्टेडियममा जापानको टोक्योमा २०२० मा भेट्ने बाचाका साथ यो पटकको प्रतियोगिताको समापन गरे। टोक्योलाई सन् २०२० को ओलम्पिकको आयोजना गर्ने जिम्मेवारी दिइयो। रियोमै जापानका प्रधानमन्त्री शिन्जो अबेको नेतृत्वमा ३२औँ ओलम्पिक खेलको तयारीको झलक पेश गरियो।[4]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.