बर्दिया जिल्ला
From Wikipedia, the free encyclopedia
बर्दिया नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक जिल्ला हो। यो जिल्लाको पूर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र सल्यान तथा दक्षिणमा भारतको उत्तर प्रदेश पर्दछ। कुल क्षेत्रफल २०२५ वर्ग किलोमिटर मध्ये अधिकांस भू-भाग (६८.७६%) तराईको समतल जमिनले ओगटेको छ भने बाँँकी भाग (३१.२७%) चुरे पर्वत पर्दछ। पहिले आदिवासी थारुहरूको बाहुल्यता रहेको यो जिल्लामा पछिल्ला दिनहरूमा वाह्य जिल्लाहरूबाट बसाई सराई गरी आउनेको भिडले गर्दा जातीय विविधता रहेको छ।[1]
छरितो तथ्यहरू बर्दिया जिल्ला, देश ...
बर्दिया जिल्ला | |
---|---|
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
सदरमुकाम | गुलरिया नगरपालिका |
सरकार | |
• प्रकार | जिल्ला समन्वय समिति |
• अङ्ग | जिल्ला समन्वय समिति, बर्दिया |
जनसङ्ख्या (२०७८) | |
• जम्मा | ४६०८३१ |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
भाषाहरू | नेपाली भाषा |
बन्द गर्नुहोस्