बालनरसिंह कुँवर
नेपाली काजी तथा जुम्लाका बडाहाकिम / From Wikipedia, the free encyclopedia
बालनरसिंह कुँवर नेपाली सेनाका काजी थिए। उनले राजा रणबहादुर शाहका हत्यारा शेरबहादुर शाहको हत्या दरबारमै तत्पश्चातै गरेका थिए। उनी राजा रणबहादुर शाहका अंगरक्षक समेत थिए। वि.सं. १८६३ को वैशाख १४ गते रातीको त्रिभुवन खवासको घरमा बसेको भारदारी कचहरीमा शेरबहादुर शाहले रणबहादुर शाहलाई तरबार प्रहार गरे। बम शाह र बालनरसिंह कुँवरले शेरबहादुर शाहलाई ढाले र घिच्रो रेटे।[2]
छरितो तथ्यहरू श्री काजीबालनरसिँह कुँवर, जुम्लाका बडाहाकिम ...
श्री काजी बालनरसिँह कुँवर | |
---|---|
जुम्लाका बडाहाकिम [1] | |
व्यक्तिगत विवरण | |
जन्म | वि.सं. १८४० |
मृत्यु | वि.सं. १८९९ |
जीवन साथी(हरू) | शान्तादेवी गणेशकुमारी (वि. १८६८ फागुन) |
नाता | ससुरा नैनसिंह थापा |
सन्तान(हरू) | भक्तबहादुर राणा जंगबहादुर राणा |
अभिभावक |
|
सैन्य सेवा | |
निष्ठा | नेपाल |
बन्द गर्नुहोस्