रणजङ्ग पाँडे
नेपालको तेस्रो मुख्तियार / From Wikipedia, the free encyclopedia
रणजंग पाँडे वि. सं. १८९४ साउनमा मुख्तियार (प्रधानमन्त्री) भिमसेन थापालाई पदच्युत गरिएपछि मुलुकको केन्द्रीय राजनीतिमा पकड बनाउन सफल भएका थिए। मुलुकको मुख्तियारी पण्डित रङ्गनाथ पौडेलले पाएका भएपनि उनको अधिकार क्षेत्र मुलुकी बन्दोवस्त र परराष्ट्र विभागमा मात्र सिमित थियो। रणजंग पाँडेले त्यसबेला जंगी विभागको जिम्मेवारी पाएका थिए। त्यसपछि तत्कालीन राजा राजेन्द्रको निर्देशन अनुसार उनको जफत भएको पारिवारिक जमीन फर्काइयो र उनका दाजु रणदल पाँडेलाई काजी बनाएर पाल्पा पठाइएको थियो।
छरितो तथ्यहरू श्री श्री श्री मुख्तियार काजीरणजङ्ग पाँडे, मुख्तियार काजी ...
श्री श्री श्री मुख्तियार काजी रणजङ्ग पाँडे | |
---|---|
मुख्तियार काजी | |
कार्यकाल सन् १८३७ देखि १८३७ | |
पूर्वाधिकारी | भिमसेन थापा |
उतराधिकारी | रङ्गनाथ पौडेल |
कार्यकाल सन् १८३९ देखि १८४० | |
पूर्वाधिकारी | पुष्कर शाह |
उतराधिकारी | फत्तेजङ्ग शाह |
व्यक्तिगत विवरण | |
जन्म | सन् १७८९ काठमाडौँ |
मृत्यु | सन् १८४३ अप्रिल १४ काठमाडौँ |
राष्ट्रियता | नेपाली |
सन्तान(हरू) | बदरजङ्ग, टेकजङ्ग, समरजङ्ग, शम्शेरजङ्ग |
अभिभावक |
|
आफन्तहरू | दाजु रणदल पाण्डे |
बन्द गर्नुहोस्