श्रीपेच
नेपाली राजाको राजमुकुट / From Wikipedia, the free encyclopedia
श्रीपेच राजतन्त्रकालमा नेपालको राजाले प्रयोग गर्ने पारम्परिक पहिरन थियो। नेपाल एकीकरणपश्चात राजतन्त्रको उदय भएसँगै राजाहरूले यसको प्रयोग गर्ने गरेका थिए भने राणा शासन कालमा श्री ३ प्रधानमन्त्रीहरूले समेत विशेष किसिमको श्रीपेच पहिरिने गरेका थिए। नेपालका राजाले पहिरिने गरेको श्रीपेचमा ७ सय ५० वटा हिराका टुक्रा छन् भने टायरामा २ हजार ७ सय टुक्रा रहेको छ। श्रीपेचको पछिल्तिर झुन्डिने आकर्षक कल्कीचाहिँ बर्ड अफ प्याराडाइज नामक चराको पुच्छर हो। श्रीपेचको अभिन्न भागका रूपमा रहेको बर्ड अफ प्याराडाइज दुर्लभ र मार्न प्रतिबन्धित संरक्षित चरा भएकाले पनि श्रीपेचको महत्त्व विशेष रहेको छ।[1][3]
श्रीपेच | |
---|---|
विवरणहरू | |
राष्ट्र | नेपाल |
निर्माण मिति | अज्ञात |
स्वामित्व | राजेन्द्रविक्रम शाह[1] |
तौल | २ किग्रा (४.४ पाउन्ड)[2] |
सामग्री | चाँदी र सुन |
उल्लेखनीय रत्नहरू | हिरा, मोती, माणिक |
अन्य तत्वहरू | बर्ड अफ प्याराडाइजको पुच्छर |
पूर्वाधिकारी | बीरेन्द्र शाह |
उत्तराधिकारी | ज्ञानेन्द्र शाह (अन्तिम शासक) |
श्रीपेचको पछाडिको कल्की पुरानो भई ढल्किँदै गएपछि चन्द्र शमशेर जङ्गबहादुर राणाको पालामा अमेरिकाबाट 'बर्ड अफ प्याराडाइज' चराको नयाँ पुच्छर ल्याएर श्रीपेचको सौन्दर्यीकरण गरेको थियो।[4][5]