ईशावास्योपनिषद्
From Wikipedia, the free encyclopedia
शुक्ल यजुर्वेदको माध्यान्दिनीय संहिताको अन्तिम (चालिसौं) अध्यायको नाम इशावास्योपनिषद् हो। ईशावास्यमिदं सर्वम् भन्ने प्रारम्भिक पङ्क्तिका आधारमा प्रस्तुत उपनिषद्को नाम ईशावास्योपनिषद् रहेको देखिन्छ। यसलाई ईशोपनिषद पनि भनिन्छ। यसमा १८ पद्य छन्। यसले ब्रह्मविद्याका बारेमा प्रकाश पारेको छ। यसले निष्काम भावले कर्म गर्ने शिक्षा दिएको छ। अद्वैत भावनाको सशक्तिकरण गर्नु पनि यसको अर्को उद्देश्य हो।[1] उपनिषद् कर्म उपासनाकाण्ड पछि ज्ञान काण्ड अन्तर्गत ईश उपनिषद् पर्दछ। यसलाई ईशोपनिषद पनि भनिन्छ। पहिलो मन्त्रमा ईशावास्य भनिएकोले यसलाई ईशावास्य उपनिषद् पनि भनिन्छ। यस उपनिषदमा १८ मन्त्रहरू छन्। शुक्ल यजुर्वेदको ४०औँ अध्यायका यी मन्त्रहरू हुन्। ईशादि नौ उपनिषद् मध्ये यस उपनिषदलाई प्रथम स्थान प्राप्त छ। अन्य उपनिषदमा जस्तै यसमा पनि वक्ता र स्रोता गुरु शिष्य कसैको नाम पाईंदैन।[2]
ईशा | |
---|---|
देवनागरी | ईश |
प्रकार | मुख्य उपनिषद् |
सम्बन्धित वेद | शुक्ल यजुर्वेद |
श्लोकहरू | १७ वा १८ |
द्वारा टिप्पणी | आदि शङ्कर, मध्वाचार्य |