एरिक डायर
From Wikipedia, the free encyclopedia
एरिक जेरेमी एड्गर डायर (जन्म १५ जनवरी १९९४) एक अङ्ग्रेजी व्यावसायिक फुटबल खेलाडी हुन जो प्रिमियर लिगको क्लब को टोटनह्याम र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टिम को लागि खेल्छन्। उनी एक बहुमुखी रक्षात्मक खेलाडी हुन र उननई रक्षात्मक मध्यपङ्क्तिको रूपमा तैनात गरिएको छ।
व्यक्तिगत जानकारी | ||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | एरिक जेरेमी डायर[1] | |||||||||||||||
जन्म मिति | (1994-01-15) १५ जनवरी १९९४ (उमेर ३०)[2] | |||||||||||||||
जन्म स्थान | चेल्टनह्याम, इङ्ल्यान्ड | |||||||||||||||
उचाइ | ६ फिट २ इन्च (१.८८ मी)[3] | |||||||||||||||
खेल्ने स्थान(हरू) | मध्यपङ्क्ति | |||||||||||||||
क्लब जानकारी | ||||||||||||||||
वर्तमान टोली | टोटनह्याम हट्स्पर | |||||||||||||||
सङ्ख्या | १५ | |||||||||||||||
युवा करियर | ||||||||||||||||
सन् २००३–२०१२ | स्पोर्तिङ सेपे | |||||||||||||||
सन् २०११–२०१२ | → एभर्टन (ऋण) | |||||||||||||||
वरिष्ठ करियर* | ||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||
सन् २०१२–२०१४ | स्पोर्तिङ सेपे ख | १६ | (२) | |||||||||||||
सन् २०१२–२०१४ | स्पोर्तिङ सेपे | २७ | (१) | |||||||||||||
सन् २०१४– | टोटनह्याम हट्स्पर | १७८ | (१०) | |||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||
सन् २०११ | १८ वर्ष मुनि | १ | (०) | |||||||||||||
सन् २०१२–२०१३ | १९ वर्ष मुनि | ८ | (०) | |||||||||||||
सन् २०१३–२०१४ | २० वर्ष मुनि | ६ | (०) | |||||||||||||
सन् २०१३–२०१५ | २१ वर्ष मुनि | ९ | (०) | |||||||||||||
सन् २०१५– | इङ्ल्यान्ड | ४२ | (३) | |||||||||||||
सम्मान
| ||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १८:४२, ४ अक्टोबर २०२० (युटिसी) ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ०९:४३, १० सेप्टेम्बर २०२० (युटिसी) |
डायरको जन्म इङ्ल्यान्डको चेल्टनहममा भएतापनि उनी पुर्तुगालमा हुर्किएका थिए। सन् २००३ मा डायरले पुर्तुगालको लिस्बोआ स्थित स्पोर्तिङ सेपे नामक एक फुटबल क्लब मार्फत व्यावसायिक फुटबलमा प्रशिक्षण लिन सुरु गरेका थिए भने त्यस समय उनी मात्र ९ वर्षका थिए। सन् २०१२ सम्म उक्त क्लब मार्फत प्रशिक्षण लिएका डायरलाई त्यसको अघिल्लो वर्ष, अर्थात् सन् २०११ मा एभर्टनका एक अङ्ग्रेजी फुटबल क्लबले ऋणमा आफ्नो क्लबमा आवद्ध गराएको थियो। सन् २०१२ देखि सन् २०१४ सम्म स्पोर्तिङ सेपेका लागि फुटबल खेलेका डायरले दुई वर्षे बसाइँमा कुल १६ उपस्थितिहरूमा जम्मा २ गोल गर्न सफल भएका थिए। सन् २०१४ मा टोटनह्याम नामक एक अङ्ग्रेजी फुटबल क्लबले डायरलाई ४० लाख युरोमा खरिद गरी आफ्नो क्लबमा आवद्ध गराएको थियो भने उनले उक्त क्लबसँगको ५ वर्षे आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए। डायरले टोटनह्याम हट्स्परका लागि हालसम्म २०० भन्दा बढी उपस्थितिहरू जनाइसकेका छन् जसमा उनी सन् २०१५ को फुटबल लिग कप र सन् २०१९ को युएफा च्याम्पियन्स लिगमा क्लबका लागि महत्त्वपूर्ण उपस्थिति जनाएका थिए।
पुर्तुगाल राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गर्ने इच्छा भएतापनि उनले अन्तर्राष्ट्रिय फुटबलमा इङ्ल्यान्डको तर्फबाट अन्तर्राष्ट्रिय फुटबलम पर्दापण गरेका थिए। सन् २०११ मा डायरले १८ वर्ष मुनिकको राष्ट्रिय फुटबल टोली मार्फत अन्तर्राष्ट्रिय फुटबल खेलजीवनको सुरुवात गरेका थिए। सन् २०१२ देखि सन् २०१३ सम्म डायर १९ वर्ष मुनिको राष्ट्रिय टोलीको एक सदस्य थिए भने उनले टोलीको तर्फबाट एक वर्षको अवधिमा गोल रहित कुल ८ उपस्थितिहरू जनाएका थिए। सन् २०१३ देखि सन् २०१४ सम्म उनी २० वर्ष मुनिको राष्ट्रिय फुटबल टोलीको सदस्य थिए जहाँ उनले टोलीका लागि कुल ६ उपस्थितिहरू जनाएका थिए। सन् २०१३ देखि सन् २०१५ सम्म उनी २१ वर्ष मुनिको राष्ट्रिय फुटबल टोलीको सदस्य थिए जहाँ उनले टोलीका लागि कुल ९ उपस्थितिहरू जनाएका थिए। केही वर्षसम्म युवा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका डायरको सन् २०१५ मा वरिष्ठ राष्ट्रिय टोलीमा पदोन्नति भएको थियो। डायरले राष्ट्रिय टोलीका तर्लबाट सन् २०१६, फ्रान्समा आयोजित युएफा युरो कपमा र सन् २०१८ मा रूसमा आयोजित फिफा विश्वकपको संस्करणमा मध्यपङ्क्ति खेलाडीको राष्ट्रको प्रतिनिधित्व गरेका थिए। डायरले हालसम्म राष्ट्रिय टोलीका लागि ४० भन्दा बढी उपस्थितिहरू जनाइसकेका छन्।