प्रिमियर लिग
इङ्गल्याण्डको फुटबल लिग / From Wikipedia, the free encyclopedia
प्रिमियर लिग अङ्ग्रेजी फुटबल सङ्घ आवद्ध फुटबल क्लबहरूको व्यावसायिक लिग हो । यो लिग अङ्ग्रेजी फुटबल लिग प्रणालीको सर्वोत्कृष्ट फुटबल प्रतिस्पर्धा हो । यस लिगमा जम्मा २० टिमको सहभागिता हुन्छ । यस लिगको सञ्चालन द फुटबल लिगसँगै निहित प्रणालीमा आधारित रहेको छ । प्रिमियर लिग एउटा यस्तो निकाय हो जसमा २० सदस्य क्लब शेयरधनीको रूपमा कार्य गर्दछ । यस लिगको आयोजना अगस्ट देखि मे महिनासम्म हुन्छ जसमा प्रत्येक टिमले ३८ वटा खेल खेल्ने गर्छन्, एक वर्षमा जम्मा ३८० खेल खेलाइन्छ । प्राय: खेलहरू शनिबार र आइतबार खेलाइने गरिन्छ र कुनै कुनै खेल बिदाको दिन पनि खेलाइन्छ ।
देश | इङ्ल्यान्ड |
---|---|
सङ्घ | युइएफए |
स्थापना | २० फेब्रुअरी १९९२; ३२ वर्ष पहिले (१९९२-०२-20) |
टोलीको सङ्ख्या | २० |
लेभल पिरामिड | १ |
पदघटमा | फुटबल लिग च्याम्पियनसिप |
घरेलु कप | एफए कप एफए सामुदायिक शिल्ड |
लिग कप | लिग कप |
अन्तर्राष्ट्रिय कप | युइएफए च्याम्पियन्स लिग युइएफए युरोपा लिग |
वर्तमान विजेता | म्यानचेस्टर सिटी (चौथो उपाधि) (२०१८-१९) |
सबैभन्दा धेरै पटक विजेता | म्यानचेस्टर युनाइटेड (१३ उपाधि) |
टिभी साझेदार | स्काई स्पोर्ट्स र बिटी स्पोर्ट (प्रत्यक्ष प्रसारण) स्काई स्पोर्ट्स र बिबिसी (हाइलाइट) |
वेबसाइट | आधिकारिक वेबसाइट |
२०१८-१९ |
वास्तवमा सन् १८८८ मा स्थापना गरिएको द फुटबल लिगबाट विभाजन भएपछि र आकर्षक टेलिभिजन आधिकारको फायदा उठाउने उद्देश्यले फुटबल लिग फर्स्ट डिभिजनका क्लबहरूको निर्णयको आधारमा सन् १९९२ फेब्रुअरी २० मा एफए प्रिमियर लिगको स्थापना भएको हो ।[1]त्यस पश्चात प्रिमियर लिग विश्वको सबैभन्दा धेरै हेरिने लिगको रूपमा उदय भएको हो । यो संसारकै सबैभन्दा आकर्षक फुटबल लिग हो जसको संयुक्त क्लब राजश्व सन् २००७-०८ मा £१.९३ बिलियन रहेको थियो । यस लिगलाई २१२ देशको ६ करोड ४३ लाख घरमा हेरिन्छ भने लगभग ४७ करोड सम्भावित दर्शकहरूले यस लिगलाई हेर्दै आएका छन् ।[2] सन् २०१०-२०११ प्रिमियर लिग सिजनमा औषत प्रत्येक म्याचमा ३५,३६३ दर्शकको उपस्थिति थियो जुन कि जर्मनीको बुन्डेसलिगा पछिको सबैभन्दा बढी हो ।[3]