![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/e/ee/Clean_Bandit_2016.jpg/640px-Clean_Bandit_2016.jpg&w=640&q=50)
क्लिन बान्डिट
From Wikipedia, the free encyclopedia
क्लिन बान्डिट (/bændɪt/ ban-dɪ-t), एक बेलायती विद्युतीय साङ्गीतिक समूह हो जसको गठन सन् २००८ मा, बेलायतको क्याम्ब्रिजमा भएको थियो। सन् २०२० सम्म, समूहको सदस्यमा, ग्रेस चट्टो र दाजुभाइ जेक र लुक प्याटरसन समावेश थिए। उनीहरूका प्रायःजसो परियोजनाहरू दुबै शास्त्रीय र नृत्य सङ्गीतको तत्त्वहरूलाई समाहित गर्दछ जुन अतिथि गायकहरू/गायिकाहरूको विशेषताका लागि परिचित छन्। उनीहरूको उल्लेखनीय सहयोगीहरूले मारिना, डेमी लोभाटो, जेस ग्लेन, एनी मेरी, सिन पल, सरा लारसन, जुलिया माइकल्स, लुइस फोन्सी, एली गोल्डिङ र माबेल सामेल छन्।[3]
क्लिन बान्डिट | |
---|---|
![]() सन् २०१६ मा, प्रस्तुति दिँदै | |
व्यक्तिगत विवरण | |
उत्पत्ति | क्याम्ब्रिज, क्याम्ब्रिजसायर, इङ्ल्यान्ड |
विधा |
|
सक्रिय वर्ष | सन् २००८–हाल |
लेबल |
|
सहयोगी |
|
वेबसाइट | cleanbandit |
सदस्यहरू | |
| |
पूर्व सदस्य(हरू) | |
समूहले उनीहरूको पहिलो गीत ए+इ सन् २०१२ मा सार्वजनिक गरेका थिए र यसको लगत्तै सन् २०१३ मा समूले "मोजार्ट्स हाउस" नामक गीत सार्वजनिक गरेको थियो जुन गीत पछि बेलायती एकल साङ्गितिक तालिकाको १७औँ स्थानमा आएको थियो। जनवरी २०१७ मा, उनीहरूको गायिका जेस ग्लेनको साथ उनीहरूको पहिलो शीर्ष स्थान हासिल गर्न सफल गीत "र्यादर बी" जारी गरेका थिए।[4] गीत अमेरिकी बिलबोर्ड हट १००मा शीर्ष स्थानान पुगेको थियो र सन् २०१५ मा, यसले उत्कृष्ट नृत्य गीतको तर्फबाट ग्रामी पुरस्कार प्राप्त गरेको थियो।[5] समूहले जुन २०१४ मा, पहिलो गिती सङ्ग्रह न्यु आइज जारी गरेका थिए जसले बेलायती ध्वन्यात्मक उद्योगबाट स्वर्ण प्रमाणपत्र प्राप्त गरेको थियो। सन् २०१७ मा, गायक सान पल र बेलायती गायिका एन मेरीको सहयोगमा, "रकबाई" नाम गीत जारी गरेका थिए जहाँ गीत बेलायती साङ्गितीत तालिकाको शीर्ष स्थान प्राप्त गरेको थियो जहाँ यो तालिकाको शीर्ष स्थानमा पुगेको दोस्रो गीत हो। गीत विभिन्न देशहरूको साङ्गिती तालिकाको शीर्ष स्थानमा पुगेको थियो जहाँ यो बिलबोर्ड १०० मा, ९औँ स्थानमा पुगेको थियो। स्विडेनी गायिका सरा लारसनको सहयोगमा समूहले सन् २०१७ मा, "सिम्फोनी जारी गरेको थियो जहाँ गीत पुन: तालिकाको शीर्ष स्थानामा पुगेको थियो।[6] उनीहरूको दोस्रो गिती सङ्ग्रह, ह्वाट इन लभ? नोभेम्बर २०१८ मा, सार्वजनिक गरिएको थियो। सन् २०१६ सम्म, क्लिन बान्डिटले १ करोड ३० लाख एकल र १० लाख ६० हजार गिती सङ्ग्रह बिक्री गर्न सफल भएका छन्।[7]