पोखरा महानगरपालिका
नेपालको एक महानगरपालिका / From Wikipedia, the free encyclopedia
पोखरा नेपालको गण्डकी प्रदेश स्थित कास्की जिल्लामा रहेको महानगरपालिका हो। वि.सं. २०५२ माघ १८ गते उपमहानगरपालिका घोषित पोखरालाई सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वि.सं. २०७३ फागुन २७ गते महानगरपालिका घोषणा गरेको हो।[1][2][3] यस महानगरपालिकाको क्षेत्रफल ४६४.२४ वर्ग कि. मी. रहेको छ भने कुल जनसङ्ख्या ४,१४,१४१ रहेको छ।[4] महानगरपालिकाको केन्द्र साबिक पोखरा उपमहानगरपालिका कार्यालय नै रहेको छ।[5][6] पोखरा लेखनाथ महानगरपालिका, पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका, मौजा, चापाकोट, भदौरे तमागीको (३,९) वडाहरू, कास्कीकोट, माझठानाको (१,४,९) वडाहरू कालिकाको (१,५) वडाहरू र पुरन्चौर गाउँ विकास समिति मिलि कुल ३३ वटा वडामा विभाजित छ।[7] पोखरा लेखनाथ महानगरपालिकाको पूर्वी सिमानामा मादी गाउँपालिका र रूपा गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका, पर्वत र स्याङ्जा जिल्ला रहेको छ उत्तरी सिमानामा माछापुच्छ्रे गाउँपालिका र मादी गाउँपालिका तथा दक्षिणमा स्याङ्जा र तनहुँ जिल्ला रहेको छ।[8][9][10]
पोखरा | |
---|---|
आदर्श वाक्य(हरू): सफा पोखरा; हरियो पोखरा | |
निर्देशाङ्क: २८°१२′३०″उ॰ ८३°५९′२०″पू॰ | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | कास्की जिल्ला |
साक्षरता दर | ८३% उच्च |
स्थापना | २७ फागुन २०७३ |
सरकार | |
• मेयर | धनराज आचार्य |
• उप मेयर | मञ्जुदेवी गुरुङ |
क्षेत्रफल | |
• जम्मा | ४६४.२४ किमी२ (१७९.२४ वर्ग माइल) |
• पानी | ४.४ किमी२ (१.७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ४१४,१४१ |
• घनत्व | ८९०/किमी२ (२३००/वर्ग माइल) |
• जातीयता | खस (ब्राह्मण क्षेत्री ठकुरी र दलित) गुरुङ मगर नेवार थकाली |
• धर्मावलम्बी | हिन्दु धर्म बुद्ध धर्म |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
पोस्टल कोड | ३३७००, ३३७०२, ३३७०४, ३३७०६, ३३७०८, ३३७१३ |
क्षेत्रीय सङ्केत | +९७७-६१ |
केन्द्र | साविक पोखराको कार्यालय |
वेबसाइट | पोखरा महानगरपालिका |
पोखरा महानगरपालिका पोखरा उपत्यकामा अवस्थित नेपालको अत्यन्तै रमणीय स्थानको रूपमा परिचित छ। पोखरा सहर नेपालको ठूलो सहर हो।[11] त्यसैले पोखरालाई नेपालको एक महत्त्वपूर्ण पर्यटकीय स्थलको रूपमा पनि लिने गरिन्छ। यहाँका महत्पूर्ण स्थानहरूमा फेवा ताल, महेन्द्र गुफा, पातले छाँगो, सराङकोट आदि पर्दछन्। यो सहर कास्की जिल्लाको जिल्ला सदरमुकामका साथै गण्डकी प्रदेशको पनि सदरमुकाम हो। पोखरा सहर नेपालको प्रमुख सहरमध्ये एक हो। पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य स्थलमध्ये पर्दछ। देश अनि विदेशबाट हजारौँ पर्यटक पोखरा भ्रमण गर्न आउने गर्दछन्।