विगु गाउँपालिका

From Wikipedia, the free encyclopedia

विगु गाउँपालिकाmap

विगु गाउँपालिका दोलखा जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[3] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका लामावगर, ओराङ्ग, बुलुङ, लादुक, चिलङ्खा, आलम्पु, विगु र खोपाचाँगु गाविसहरू यसमा गाभिएका थिए।

छरितो तथ्यहरू विगु गाउँपालिका, देश ...
विगु गाउँपालिका
Thumb
विगु गाउँपालिका
बागमती प्रदेशको नक्सामा विगु गाउँपालिकाको अवस्थिति
Thumb
विगु गाउँपालिका
विगु गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७.६३°N ८५.९८°E / 27.63; 85.98
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लादोलखा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षसञ्जीव वली (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षदेवीका थामी (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा६६३.२ किमी (२५६.१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१६,४९०
  घनत्व२५/किमी (६४/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४९
वेबसाइटआधिकारिक वेबसाइट
बन्द गर्नुहोस्

यसको पूर्वमा गौरीशंकर गाउँपालिका, पश्चिममा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका, दक्षिणमा कालिञ्चोक गाउँपालिका तथा उत्तरमा चीन पर्दछ। यस गाउँपालिका ८ वटा वडामा विभाजित छ।[4][5]

नामकरण

दोलखा जिल्लाको पर्यटकीय स्थल विगु गुम्बाको नामबाट गाउँपालिकाको नाम राखिएको थियो।

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार विगु गाउँपालिकाको कुल जनसङ्ख्या १६,४९० रहेको छ भने यहाँ ४,७४७ घरधुरी रहेका छन्।[2]


सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.