नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
नेपालको एक साम्यवादी दल From Wikipedia, the free encyclopedia
Remove ads
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) वा छोट्करीमा नेकपा एमाले नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी) बीच एकीकरण भई २०४७ पुस २२ गते स्थापना भएको नेपालको सबैभन्दा ठूलो विपक्षी राजनीतिक दल हो।
नेपालको सङ्घीय संसदमा यो प्रमुख प्रतिपक्षी दल हो।[७] झण्डै ६,००,००० सदस्य रहेको यो नेपालको दोस्रो ठूलो दल हो। यो नेपाली काङ्ग्रेस लगायतका दुई मुख्य दलहरूमध्ये एक रहेको छ।
नेकपा (एमाले)ले पाँच वटा सरकारको नेतृत्व गरेको छ जसमा मनमोहन अधिकारीले एकपटक, केपी शर्मा ओली दुई पटक, माधवकुमार नेपालले एकपटक र झलनाथ खनालले एकपटक नेतृत्व गरेका थिए। २०७८ भदौमा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय समिति सदस्य र झलानाथ खनाल लगायत सांसद्ले, नेकपा (एकीकृत समाजवादी) नामक नयाँ दल गठन गरेसँगै दल विभाजित बन्न पुगेको थियो।[८][९]
यो पार्टीलाई बृद्ध भत्ता लगायत सामाजिक सुरक्षा भत्ता जस्ता लोकरिझाई कार्यक्रम सुरुवात गर्ने श्रेय/ आरोप दिइन्छ।
यद्यपि, संसद तथा सडकमा अवरोध गर्ने, सडकमा रेलिङ भाच्ने तथा टायर बाल्ने संसदीय विकृतिको सुरुवात गरेको दोष पनि यो पार्टीलाई जान्छ। यो पार्टीले लगातार ५७ दिन सम्म संसद अवरुद्ध [१०] गरेर रेकर्ड कायम गरेको थियो। त्यो ५७ दिनको आफ्नै रेकर्ड रेकर्ड नौ महिना संसद अबरुद्ध गरेर २०७८ -२०७९ सालमा भंग गरेको थियो। [११]
Remove ads
इतिहास
स्थापनाकाल, २०४८–२०५०

पञ्चायती व्यवस्थाको विरोध गर्न र बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना गर्न २०४६ मा संयुक्त वाम मोर्चा गठन भएको थियो। उनीहरूले नेपाली काङ्ग्रेससँग संयुक्त आन्दोलनको आयोजना गरेका थिए। फलस्वरूप नेपालको जनआन्दोलन २०४६ सफल भएसँगै पञ्चायती व्यवस्था उन्मुलन भएको थियो। संयुक्त वाम मोर्चाका दुई घटक नेकपा (मार्क्सवादी) र नेकपा (मार्क्सवादी-लेनिनवादी) मिलेर २०४७ पुष २२ मा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) गठन गरेका थिए। आम निर्वाचन २०४८ अघि नै संयुक्त वाम मोर्चा निष्क्रिय भएको थियो।[१२]
आम निर्वाचन २०४८मा पार्टीले २०५ मध्ये ६९ सिट जितेको थियो र यो प्रतिनिधि सभाको दोस्रो ठूलो दल बनेको थियो।[१३] मनमोहन अधिकारी संसदीय दलको प्रमुखमा निर्वाचित भएका थिए र पछि प्रतिपक्ष दलको नेता बनेका थिए। २०४८ असार १४, मा नेकपा (एकीकृत) बाट अलग भएपछि आफूलाई पुनर्गठन गरेको नेकपा (बर्मा) पार्टीमा विलय भएको थियो।[१४] पाँचौँ पार्टीको महाधिवेशन सन् १९९३ जनवरीमा काठमाडौँमा सम्पन्न भएको थियो र जनवादी बहुदलीय जनवादलाई यसको मुख्य विचारधाराको रूपमा स्वीकार गरिएको थियो।[१५] मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको एउटै विचारधाराले यसले आउँदो वर्षहरूमा सबैभन्दा प्रमुख राजनीतिक दलहरू मध्ये एक बनाएको थियो।[१६] दलको पाँचौँ महाधिवेशनमा आधिकारीलाई अध्यक्षमा निर्वाचित गरिएको थियो भने महासचिवमा मदन भण्डारी निर्वाचित भएका थिए। भण्डारीको त्यस वर्षको उत्तरार्धमा चितवनमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो भने माधवकुमार नेपाल पार्टीका महासचिव बनेका थिए।[१२] २०४९ मा, तुलसीलाल अमात्य नेतृत्वको नेकपा (अमात्य) नेकपा (एकीकृत)बाट टुक्रिएर एमालेसँग गाभिएको थियो।[१६]
प्रथम सरकार र विभाजन, २०५१–२०५४
२०५१ को मध्यावधि निर्वाचनपछि पार्टीले २०५ मध्ये ८८ सिट जितेको थियो र मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन गरेको थियो।[१७] भारतसँग पानी बाँड्ने सम्झौताबारे मतभेद भएपछि २०५४ मा पार्टीले पहिलो पटक विभाजनको सामना गर्नुपरेको थियो।[१३] वामदेव गौतमको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) का रूपमा मातृदलबाट ४६ जना सदस्य सहित नयाँ दल गठन भएको थियो।[१२][१३]
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन, २०६१-२०६३
नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)का अधिकांश सदस्यहरू २०५८ फागुन ३ गते पुनः मूल पार्टीमा आबद्ध भएको थियो। अरूले पनि विद्यमान पार्टीको पुनर्संरचना गर्ने निर्णय गरेका थिए। पार्टीको सातौँ महाधिवेशन २०५९ माघ १८ देखि २३ गते सम्म जनकपुरमा सम्पन्न भएको थियो । महाधिवेशनले पार्टी अध्यक्ष पद खारेज गर्ने निर्णय गरेको थियो। पार्टीको महासचिवमा मनमोहन अधिकारीको निधन पश्चात् माधवकुमार नेपाल सर्वसम्मत महासचिवमा नियुक्त भएका थिए।[१२]
राजा ज्ञानेन्द्रले संसद् विघटन गरेर २०६० सालमा नेपाली काङ्ग्रेसका प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरेका थिए। अन्य पाँच दलले उनको निर्णयको विरोध गरेका थिए। तर, देउवालाई बहालमा लिएपछि नेकपा (एमाले)ले अस्थायी सरकारमा सहभागी भएर भरतमोहन अधिकारीलाई उपप्रधानमन्त्री बनाएका थिए। यस सरकारलाई राजाले २०६१ माघ १९ मा भङ्ग गरेका थिए। उनको निर्णयको विरोध गर्न सात दलीय गठबन्धन गठन गरिएको थियो र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)सँग भएको सहमतिपछि राजाको प्रत्यक्ष शासनविरुद्ध संयुक्त सङ्घर्ष सुरु भएको थियो। २०६३ को जनआन्दोलन सफल भएपश्चात्, राजतन्त्रको अन्त्य भएको थियो र नेपाली काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइराला नेपालको प्रधानमन्त्री बनेका थिए।[१२]
संविधान सभा, २०६४-२०६८

संविधान सभा निर्वाचन, २०६४ पार्टीले ६०५ मध्ये १०८ सिट जितेर तेस्रो स्थान हात पारेको थियो। पछि, माधवकुमार नेपालले महासचिव पदबाट राजीनामा दिएका थिए। उनको ठाउँमा झलनाथ खनालले पद बहाली गरेका थिए। पार्टीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उम्मेदवार पुष्पकमल दाहाललाई समर्थन गरेर उनको सरकारमा सहभागी भएको थियो। आठौँ महाधिवेशनमा पार्टी अध्यक्षमा झलनाथ खनाल र महासचिवमा ईश्वर पोखरेल निर्वाचित भएका थिए।[१८]

२०६५ मा, पुष्पकमल दाहाल नेतृत्वको माओवादी सरकारले सेना प्रमुख रुक्माङगद कटवाललाई निष्कासन गरेपछि नेकपा (एमाले) गठबन्धन सरकार छाड्न बाध्य भएको थियो।[१९] सरकारबाट हटेपछि, पार्टी माधवकुमार नेपाल नेतृत्वको सरकारमा नेपाली काङ्ग्रेस र मधेशी जनअधिकार फोरमसँग नयाँ गठबन्धन सरकार बनाएको थियो।[२०] नयाँ संविधानको मस्यौदा तयार गर्न नसकेपछि २०६६ मा, माधवकुमार नेपालले राजिनामा दिएको थिए। सात महिनाभन्दा बढी राजनीतिक गतिरोधपछि खनाल २०६७ माघ २३ गते, एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को समर्थनमा नेपालको प्रधानमन्त्री निर्वाचित भएका थिए।[२१] नयाँ संविधान र शान्ति प्रक्रियाको मस्यौदा तयार गर्ने विषयमा अन्य दलहरुसँग सहमति जुट्न नसकेपछि उनले असोज मै राजीनामा दिएका थिए। २०६८ भदौ ११ गते बाबुराम भट्टराई नेतृत्वको सरकारमा दल सहभागी भएको थियो। [२२]
दोस्रो संविधान सभा, २०७०-२०७२
तोकिएको समयभन्दा अघि नै नयाँ संविधानको मस्यौदा तयार गर्न नसक्दा संविधान सभा विघटन पछि २०७० को निर्वाचनमा ५७५ मध्ये १७५ जना निर्वाचित सिटमा विजयी भएपछि दोस्रो ठूलो दल बनेको थियो।[२३] पार्टीले सुशील कोइरालाको नेतृत्वमा सत्तारुढ नेपाली काङ्ग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गठबन्धन सरकारमा सहभागी भएको थियो।[२४] पार्टीको नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई पराजित गरेपछि २०७१ मा, खड्गप्रसाद ओली पार्टी अध्यक्ष बनेका थिए।[२५] यो सरकारले ३ असोज २०७२ मा नयाँ संविधान दिएको थियो। [२६]
सङ्घीय नेपाल
नयाँ संविधानको मस्यौदा तयार भएपछि सुशील कोइरालाले राजीनामा दिएर खड्गप्रसाद ओली एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य दलको समर्थनमा प्रधानमन्त्री निर्वाचित भए।[२७] नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)ले समर्थन गरेको अविश्वासको प्रस्ताव अघि ओलीले २०७३ साउन २० गते राजीनामा दिएका थिए। [२८]

स्थानीय तह निर्वाचन, २०७४मा, पार्टीले १४,०९९ सिट (२९४ मेयर वा अध्यक्ष पद सहित) जितेको थियो र सबैभन्दा ठूलो स्थानीय-सरकार पार्टी बनेको थियो। पार्टीले काठमाडौँ[२९] र पोखरा[३०] लगायतका प्रमुख सहरमा मेयरमा विजयी हासिल गरेको थियो। प्रतिनिधि सभा निर्वाचन, २०७४ र प्रदेश सभा निर्वाचन, २०७४ अघि दलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)सँग गठबन्धनको घोषणा गरेको थियो। पार्टीले प्रतिनिधि सभा निर्वाचन, २०७४मा, १२१ सिट जित्दै प्रतिनिधि सभामा सबैभन्दा ठूलो पार्टी बनेको थियो र नेपालका सात प्रदेशमध्ये ६ वटा प्रदेशमा सबैभन्दा ठूलो पार्टी बन्न पुगेको थियो।[३१] निर्वाचनपछि पार्टीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)सँग आफ्नो गठबन्धन कायम गरेको थियो र नेपालको केन्द्र र सात प्रदेशमध्ये ६ वटामा गठबन्धन सरकार गठन गरेको थियो । सत्ता बाँडफाँड सम्झौता अनुसार नेकपा (एमाले)ले प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व गरेको थियो।[३२]
२०७४ माघ २३ मा भएको राष्ट्रिय सभा निर्वाचनमा नेकपा (एमाले) ले ५६ मध्ये २७ सिटमा जित हासिल गरी फेरि देशकै सबैभन्दा ठूलो दल बनेको थियो।[३३] पार्टी अध्यक्ष ओली प्रतिनिधि सभामा दलको संसदीय दलको नेता निर्वाचित भएका थिए र २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए।[३४] विद्यादेवी भण्डारी फागुन २९ गते पुनः राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।[३५]
विघटन र पुनर्सथापना, २०७५-२०७७

आठ महिनाको योजनापछि नेपालका दुई प्रमुख वामपन्थी दललाई गाभ्ने योजनालाई अन्तिम रुप दिन एकीकरण संयोजन समितिको भेला बसेको थियो। २०७५ जेठ ३ मा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) बीच एकीकरण भएको थियो र यो दल लगभग दुई तिहाइ बहुमत सहित नेपालको सबैभन्दा ठूलो दल बन्न पुगेको थियो।[३६]
२०७७ फागुन २४ गते, सर्वोच्च अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को विलयबाट बनेको नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता वा आधिकारिक नाम ऋषि कट्टेलले यस भन्दा अगाडि नै निर्वाचन आयोगमा दर्ता गरेको भन्दै पूर्ववर्ती दलहरूलाई छुट्टाभिन्न गर्ने गरि आदेश जारी गरेको थियो।[३७] विघटन पश्चात्, विभिन्न प्रदेश तथा सङ्घीय सरकारबाट यो सत्ताबाट बाहिरिएको थियो।
Remove ads
विभाजित दलहरूको सूची
प्रथम सरकार र विभाजन, २०५१–२०५४
२०५१ को मध्यावधि निर्वाचनपछि पार्टीले २०५ मध्ये ८८ सिट जितेको थियो र मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन गरेको थियो। २०५४ अविश्वासको प्रस्ताव गुमाउँदा आधिकारी राजीनामा दिन बाध्य भएपछि सरकार नौ महिनासम्म चलेको थियो। सूर्यबहादुर थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारलाई समर्थन गरेपछि सन् २०५४ दल पुनः सरकारमा फर्किएको थियो। राप्रपामा भएको मतभेदपछि लोकेन्द्रबहादुर चन्दले राजीनामा दिएका थिए र नेकपा (एमाले) फेरि विपक्षमा पुगेको थियो।
भारतसँग पानी बाँड्ने सम्झौताबारे मतभेद भएपछि २०५४ मा पार्टीले पहिलो पटक विभाजनको सामना गर्नुपरेको थियो। वामदेव गौतमको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) का रूपमा मातृदलबाट ४६ जना सदस्य सहित नयाँ दल गठन भएको हो। गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाली काङ्ग्रेस–नेपाल सद्भावना पार्टीको गठबन्धन सरकारलाई समर्थन गर्दै २०५५ मा, पुन: पार्टी सरकारमा सहभागी भएको थियो। आम निर्वाचन २०५६ पार्टीले २०५ मध्ये ७० सिट जितेको थियो र यो प्रतिनिधि सभाको दोस्रो ठूलो दल बनेको थियो।
समानान्तर विभाजन
३ साउन २०७८, मा पार्टीबाट २२ जना प्रतिनिधि सभा सदस्यले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रूपमा मतदान गरेका थिए।[३८] उनले पार्टीको ह्विपको अवज्ञा गरेका थिए। पार्टी विपक्षमा भए पनि माधवको गुटले सरकारलाई समर्थन गरेको कारण पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र केपी शर्मा ओलीबीच विवाद उत्पन्न भएको थियो। २ भदौ २०२१ मा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नामक नयाँ पार्टी गठन भएको थियो।[३९] पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पार्टी उपाध्यक्षहरू र २३ जना सांसद नयाँ पार्टीमा सहभागी भएका थिए। यसले गर्दा पार्टीको तल्लो तहका कमिटीमा विभाजन भएको थियो।[४०]
२०७८ को सुक्ष्म विभाजन
वरिष्ठ उपाध्यक्ष वामदेव गौतम नेतृत्वको सानो समूहले २०७८ भदौ १९ मा पार्टी परित्याग गरेको थियो। हाल उनीहरू नयाँ पार्टी दर्ता गर्ने प्रक्रियामा छन्।[४१]
सांसद बृजेशकुमार गुप्ता र ईश्वर दयाल मिश्रसँगै हृदयेश त्रिपाठीनेतृत्वको अर्को सानो समूह पनि २० भदौ २०७८ मा विभाजित भएर जनता प्रगतिशील पार्टी गठन भएको थियो।[४२]
विभाजित दलहरूको सूची
Remove ads
महाधिवेशन
जनताको बहुदलीय जनवाद
नेकपा एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद हो। जननेता कमरेड मदन भण्डारीद्वारा प्रतिपादित यो सिद्धान्त मार्क्सवादका विश्वव्यापी सच्चाइहरूलाई नेपालको विशिष्ट परिस्थितिमा लागू गर्ने सन्दर्भमा विकसित नेपाली क्रान्तिको सिद्धान्त हो। यो नेपाली क्रान्तिको मौलिक कार्यक्रम पनि हो।[४८] कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणको नवीनतम मान्यता बोकेको जनताको बहुदलीय जनवाद नेपाली कम्युनिस्ट आन्दोलन तथा लोकतान्त्रिक आन्दोलनका व्यवहारबाट परीक्षित हुँदै सही सावित हुँदै आएको मानिन्छ।[४९]

Remove ads
चुनावी प्रदर्शन
प्रतिनिधि सभा निर्वाचन
प्रदेश सभा निर्वाचन
प्रदेश सभा निर्वाचन, २०७४मा नेकपा (एमाले)ले ७ प्रदेश मध्ये ६ प्रदेशमा सबैभन्दा ठूलो दल बनेको थियो र यसको नेतृत्वमा चार प्रदेशमा सरकार प्रमुख रहेको थियो।
Remove ads
नेतृत्व
अध्यक्ष
- मनमmogकारी, २०४८–२०५६
- झलनाथ खनाल, २०६५–२०७१
- खड्गप्रसाद ओली, २०७१–२०७५, २०७८–हाल
उपमहासचिव
- मदन भण्डारी, २०४८
- माधवकुमार नेपाल, २०४९–२०६४
- झलनाथ खनाल, २०६४–२०६५
- ईश्वर पोखरेल, २०६५–२०७५ र २०७८
- शङ्कर पोखरेल, २०७८–हाल
नेपालको प्रधानमन्त्री
Remove ads
भातृ सङ्गठन
- ट्रेड युनियन महासङ्घ नेपाल
- युवा सङ्घ नेपाल
- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन
- अखिल नेपाल महिला संघ
- नेपाल उत्पीडित जातीय मुक्ति समाज
- अखिल नेपाल किसान महाँसंघ
- रिटर्नी फेडरेसन
- राष्ट्रिय जनसांस्कृतिक महाँसंघ
- खेलकुद महासंघ नेपाल
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads