नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)
From Wikipedia, the free encyclopedia
Remove ads
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) वा छोट्करीमा नेकपा एस नेपालको चौथो ठूलो राजनीतिक दल हो।[४] नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी नेकपा (एमाले)बाट विभाजन भएपछि यो दल २०७८ भदौ २ गते निर्वाचन आयोग आधिकारिक रूपमा दर्ता भएको थियो।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल यस दलको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल सम्मानित नेताका रूपमा कार्यरत छन्।[५]
भदौ २०७८ मा, पार्टीले नेपाली कांग्रेस नेतृत्वको देउवा सरकारको पक्षमा मतदान गरेको थियो र यो सत्तारूढ गठबन्धनको महत्वपूर्ण सहयोगी हो।[६] निर्वाचन आयोगमा केन्द्रीय समिति र सङ्घीय संसदीय दल दुवैमा बीस प्रतिशतभन्दा बढीको हस्ताक्षर सहित आफ्नो आवेदनको पुष्टि गर्दा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालसँगै २ भदौ २०७८ मा यसले दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको थियो।[७]
Remove ads
विचारधारा
पार्टीको विचारधारामा मार्क्सवाद-लेनिनवाद र बहुदलीय प्रणालीको समर्थन रहेको छ। पार्टीले समाजवाद उन्मुख जनताको लोकतन्त्रको पनि पक्ष लिएको छ।[८]
इतिहास
नेतृत्व
पार्टीमा एक जना अध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, चार उपमहासचिव र ६ जना सचिवहरू छन्। जम्मा १८ वटा पार्टी विभागहरू छन्। झलनाथ खनाल सम्मानित नेता हुन् । यस्तै प्रदीप नेपाललाई चौथो स्थानमा राखिएको छ।[९]
अध्यक्ष
उपाध्यक्ष
- राजेन्द्रप्रसाद पाण्डे
- डा.बेदुराम भुसाल
- प्रमेशकुमार हमाल
- धनेन्द्र बस्नेत
- केशवलाल श्रेष्ठ
- धर्मनाथप्रसाद साह
- जयन्ती राई
महासचिव
- घनश्याम भूषाल
उपमहासचिव
- प्रकाश ज्वाला
- डा .गंगालाल तुलाधर
- विजय पौडेल
- जगन्नाथ खतिवडा
सचिव
- नगेन्द्र चौधरी
- गरिमा शाह
- राजेन्द्रकुमार राई
- रामकुमारी झाँक्री
- जीवनराम श्रेष्ठ
- हरि पराजुली
प्रदेश कमिटी
निवर्तमान मुख्यमन्त्रीहरू
Remove ads
संसदमा उपस्थिति
सङ्घीय संसद
प्रदेश सभाहरू
Remove ads
भातृ सङ्गठनहरू
निम्न उल्लेखित सङ्गठनहरू यस दलसँग आवद्ध छन्:[२२]
- एकीकृत ट्रेड युनियन महासङ्घ, नेपाल
- युवा सङ्घ नेपाल
- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन
- अखिल नेपाल महिला सङ्घ (समाजवादी)
- अखिल नेपाल किसान महासङ्घ
- समाजवादी अपाङ्गता सङ्गठन नेपाल
- नेपाल राष्ट्रिय शिक्षक सङ्घ
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads