![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4b/Seal_of_the_United_States_Congress.svg/langne-640px-Seal_of_the_United_States_Congress.svg.png&w=640&q=50)
अमेरिकी कङ्ग्रेस
From Wikipedia, the free encyclopedia
संयुक्त राज्य अमेरिकाको सङ्घीय सरकारको द्विसदनात्मक व्यवस्थापिकालाई अमेरिकी कंग्रेस (The United States Congress) भनिन्छ। सिनेट (Senate) एवं हाउस अफ रिप्रेजेन्टेटिब्स (House of Representatives) यसको दुई सदन हुन्। अमेरिकी कांग्रेसको बैठकहरु अमेरिकी राजधानी वासिङ्टन, डी.सी. मा अमेरिकी क्यापिटल हुन्छ। सिनेटर र प्रतिनिधिहरू प्रत्यक्ष चुनाव मार्फत छानिन्छन्, यद्यपि सिनेटमा रिक्त पदहरू गभर्नरको नियुक्तिद्वारा पूर्ति गर्न सकिन्छ। कांग्रेसमा ५३५ मतदान सदस्यहरू छन्: १०० सिनेटर र ४३५ प्रतिनिधि। सिनेटमा कुनै पनि प्रस्तावमा बाराबर मत भएको स्थितिमा मात्र ले मत हाल्न पाउँछ । प्रतिनिधिसभामा ६ गैर-मतदाता सदस्य छन् । [1]
अमेरिकी कंग्रेस United States Congress | |
---|---|
![]() | |
प्रकार | |
प्रकार | द्वि-सदनात्मक |
सदन | सिनेट हाउस अफ रिप्रेजेन्टेटिब्स |
इतिहास | |
स्थापित | मार्च ४, १७८९ (२३५ वर्ष पहिले) (१७८९-०३-04) |
पूर्ववर्ती | Congress of the Confederation |
नयाँ कार्यकालको सुरुवात | January 3, 2019 |
नेतृत्वकर्ता | |
अमेरिकी उप राष्ट्रपति / सिनेट अध्यक्ष | |
Speaker of the House | |
President pro tempore of the Senate | Chuck Grassley ([[रिपब्लिकन पार्टी
(संयुक्त राज्य अमेरिका)|R]]) पदासीन: January 3, 2019 |
संरचना | |
सिट | ५३५ मत दिने सदस्य
|
![]() | |
सिनेट political groups |
|
![]() | |
हाउस अफ रिप्रेजेन्टेटिब्स political groups |
|
निर्वाचन | |
सिनेट last election | November 6, 2018 |
हाउस अफ रिप्रेजेन्टेटिब्स last election | November 6, 2018 |
बैठक स्थल | |
![]() | |
United States Capitol वासिङ्टन, डी.सी. संयुक्त राज्य अमेरिका | |
वेबसाइट | |
www | |
संविधान | |
अमेरिकी संविधान |
अमेरिकी संविधानको धारा एकले कंग्रेसका सदस्यहरूको योग्यता तोकेको छ । उमेर कम्तिमा २५ वर्ष (हाउस अफ रिप्रेजेन्टेटिब्स) वा कम्तीमा ३० वर्ष (सिनेट) उमेरको हुनुपर्ने, कम्तिमा सात वर्ष (हाउस) वा नौ (सिनेट) वर्ष अमेरिकी नागरिक भएको हुनुपर्ने, र उनीहरूले प्रतिनिधित्व गर्ने राज्यको बासिन्दा हुनुपर्छ । दुबै सदनका सदस्यहरू असीमित संख्यामा पुन: निर्वाचनमा उठ्न सक्छन्।
हाउस अफ रिप्रेजेन्टेटिब्सको विशेषाधिकारहरु निम्नांकित :
- (१) आयसम्बन्धी विधेयकको प्रारम्भ,
- (२) महाभियोग बहस,
- (३) निर्धारित अवस्थामा राष्ट्रपतिको निर्वाचन।
सिनेट को विशेषाधिकार:
- (१) उपराष्ट्रपतिको निर्वाचन,
- (२) महाभियोगको फैसला,
- (३) राष्ट्रपतिद्वारा गरिएको नियुक्तिहरूको अनुमोदन,
- (४) विदेशी राज्यहरूसँग गरिएको सन्धि सम्झौता को अनुमोदन।
कंग्रेसको दुवै सदनको वर्णित विशेषाधिकार को अतिरिक्त केही अधिकार यस्ता छन् जुन दुवै सदनलाई समान रूपमा मिलेको छ र दुवै सदन मिलेर संविधान अन्तर्गत यसको प्रयोग गर्छन्।
यी अधिकार निम्नलिखित छन् :
- कांग्रेसको दुवै सदनलाई दुई-तिहाई बहुमतबाट संविधान संशोधनको प्रस्ताव प्रस्तुत गर्ने अधिकार,
- दुवै सदनको आफ्नो-आफ्नो निर्वाचनको समय, स्थान तथा निर्वाचनको तरिका निश्चित गर्ने,
- सङ्घीय कार्यपालिकाको विभिन्न विभाग तथा विभिन्न सङ्घीय पदाधिकारि को पदको निर्माणको अधिकार,
- न्याय सम्बन्धी कतिपय अधिकार पनि कंग्रेस अन्तर्गत छन्,
- परराष्ट्र-सम्बंध-सञ्चालन तथा अन्तरराष्ट्रीय मामला सम्बद्ध कतिपय अधिकार,
- कंग्रेसलाई १३ विषयहरूमा विधि निर्माणको अधिकार छ।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)