उत्तरी इन्डो-आर्य भाषा समुह From Wikipedia, the free encyclopedia
पहाडी भाषाहरू वा उत्तरी आर्यन भाषाहरू इन्डो-आर्यन भाषा परिवारको उत्तर क्षेत्रिय विभाजन हो। पहाडी भाषाहरू भारत र नेपालको पहाडी क्षेत्रमा बोलिने भाषाहरूको समुह हो। इथ्नोलगका अनुसार यस पहाडी भाषाहरूलाई उत्तरी इन्डो-आर्यन क्षेत्रमा विभाजन गरिएको छ।
उत्तरी आर्य | |
---|---|
पहाडी | |
भौगोलिक वितरण | नेपाल र उत्तर-पश्चिम भारत |
भाषिक वर्गीकरण | भारोपेली भाषा परिवार
|
उपखण्डहरू |
|
ग्लोटोलग | indo1310[1] |
उत्तरी आर्य भाषाहरू बैजनी रङमा छन् |
पहाडी भाषाहरू मुख्यतय ३ क्षेत्रमा विभाजन भएका छन्ः
पूर्वी पहाडी भाषाहरूमा नेपाली भाषा, जुम्ली बोली र पाल्पाली बोलीलाई इथ्नोलगले समावेश गरेको छ। यस क्षेत्रमा अन्य बोलीहरू जस्तै; डोटेली, बैतडेली, अछामी, डडेल्धुरी, बाजुरेली आदि पर्दछन्।
केन्द्रिय पहाडी भाषाहरूमा दुई ठूला भाषा कुमाउँनी भाषा र गढवाली भाषा हुन्। उत्तराखण्डका अरू क्षेत्रिय बोलीहरू पनि केन्द्रिय पहाडी भाषा भित्र पर्दछ।
पश्चिमी पहाडी भाषाहरूमा दुई ठूला भाषा डोग्री र काङ्ग्री हुन्। विशेषतः यी भाषाहरूलाई हिन्दी भाषाको क्षेत्रिय बोली मानिन्छ। अन्य थुप्रै बोलीहरू यस वर्गीकरण भित्र पर्दछ। पश्चिमी पहाडी भाषाहरू भारतको हिमाचल प्रदेश, पञ्जाब, जम्मू काश्मीर र पाकिस्तानको आजाद काश्मीरसम्म बोलिन्छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.