![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/8/8f/Rhinoceros-unicornis-map.jpg/640px-Rhinoceros-unicornis-map.jpg&w=640&q=50)
एकसिङ्गे गैँडा
From Wikipedia, the free encyclopedia
एकसिङ्गे गैँडा (वैज्ञानिक नाम: Rhinoceros unicornis)[2][3][4][5] नेपाल र भारतमा मात्र पाइने गैँडाको असुरक्षित प्रजाति हो। यसको २० देखि १०० सेन्टिमिटर लामो एउटा सिङ हुन्छ। यसको आकार अफ्रिका महादेशमा पाइने सेतो गैँडाको जत्रो हुन्छ। यसको शरीरको सबै भागमा मोटो र हल्का चाँदी रङको छालाले ढाकेको हुन्छ। प्राचीन समयमा एकसिङ्गे गैँडा पाकिस्तान, चीन, नेपाल र भारत लगायत म्यानमारको केही भूभागमा समेत पाइने गर्थ्यो। हाल यो नेपाल र भारतका केही भागमा मात्र पाउने गर्दछ। यो विश्वको चौथौ सबैभन्दा ठुलो जलीय जीव हो। वर्तमान समयमा यो जीव आफ्नो आवासीय क्षेत्र फडानी, चोरी सिकारीको कारण सङ्कटग्रस्त स्थितिमा रहेको छ। नेपालको भित्री मधेश भनेर चिनिने चितवन जिल्लामा रहेको चितवन राष्ट्रिय निकुञ्ज एकसिङ्गे गैँडाको लागि प्रसिद्ध छ। चितवन लगायत यो जीव भारतको पूर्वी राज्य असम र नेपालको तराईका केही संरक्षित क्षेत्रहरूमा पाइन्छ। यस जीवको सङ्ख्या हिमालयको तल्लो क्षेत्रदेखि नदी भएको वन्यक्षेत्रहरूसम्म सीमित रहेको छ।
एकसिङ्गे गैँडा सामयिक शृङ्खला: Early Pleistocene–recent | |
---|---|
वैज्ञानिक वर्गीकरण ![]() | |
जगत: | जनावर |
Phylum: | रज्जुकी |
वर्ग: | स्तनधारी प्राणी |
गण: | Odd-toed ungulate |
परिवार: | गैँडा |
वंश: | गैँडा लिनियस, सन् १७५८ |
प्रजाति: | R. unicornis |
वैज्ञानिक नाम | |
Rhinoceros unicornis लिनियस, सन् १७५८ | |
![]() | |
एकसिङ्गे गैँडाको वासस्थान दायरा |