नेपालको स्थानीय प्रशासनिक अङ्ग From Wikipedia, the free encyclopedia
गाउँपालिका गाउँ विकास समितिलाई बिस्तार गरेर बनाइएको नेपालको नयाँ निर्मित स्थानीय प्रशासनिक एकाई हो। हालै सरकारले गाविस विघटन गरी गाउँपालिका बनाएको हो ।[1] वि.सं .२०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गाविस विघटन गरी ४ सय ७९ गाउँपालिका बनाएको थियो ।[2][3][4] गाउँपालिकामा कम्तिमा पाँच देखि नौ वटा सम्म वडाहरू हुन्छन् ।[5] मन्त्रालयले साबिकका ३५ वटा गाउँपालिकालाई नगरपालिका बनाएको कारण साबिक ४ सय ७९ गाउँपालिकाको सङ्ख्या घटेर ४ सय ६३ कायम भएका छन् ।[6][7]
नेपालको संविधानको धारा ५६ (१) ले सङ्घ¸प्रदेशर स्थानीय तह गरी ३ तहको राज्यको मूल संरचना रहने व्यबस्था गरी सोही धाराको उपधारा (४) र (५) ले स्थानीय तह तर्फ गाउँपालिका¸नगरपालिका र जिल्लासभा रहने तथा सामाजिक साँस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि विशेष¸संरक्षित वा स्वायत्तक्षेत्र कायमगर्न सकिने व्यबस्था गरेको छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.