चेल्सी फुटबल क्लब
From Wikipedia, the free encyclopedia
चेल्सी फुटबल क्लब /ˈtʃɛlsiː/ फुल्ह्याम, लण्डनमा अवस्थित पेशागत फुटबल क्लब हो, जसले इङ्गलिस फुटबलको सर्वोच्च लिग प्रिमियर लिग खेल्ने गर्छ । १९०५ मा स्थापित यस क्लबले इतिहास देखि नै अन्य क्लबलाई निकै चुनौती दिँदै आइरहेको छ । ४१,८३७ सीट क्षमता भएको स्टामफर्ड ब्रिज रङ्गशाला उसको घरेलु मैदान हो ।
छरितो तथ्यहरू पुरा नाम, उपनाम(हरू) ...
![]() | ||||
पुरा नाम | चेल्सी फुटबल क्लब | |||
---|---|---|---|---|
उपनाम(हरू) | द ब्लुज, द पेन्सनर्स | |||
स्थापना | १० मार्च १९०५; ११९ वर्ष पहिले (१९०५-०३-10)[1] | |||
मैदान | स्टामफर्ड ब्रिज, फुल्ह्याम, लण्डन | |||
मैदान क्षमता | ४१,६३१[2] | |||
मालिक | रोमन अब्रामोभिच | |||
अध्यक्ष | ब्रुस बुक | |||
म्यानेजर | जोसे मउरिन्हो | |||
लिग | प्रिमियर लिग | |||
२०१७-१८ | ५ औंं | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||
बन्द गर्नुहोस्
चेल्सी फुटबल क्लबले हात पारेको पहिलो सफलता १९५५ मा हो जब उसले लिग च्याम्पियनशीप जितेको थियो । त्यसपछी १९६० र १९९० बिचमा यो क्लबले अन्य धेरै सफलता चुमेको थियो । पछील्ला दुई दशकमा यस क्लबले १७ प्रमुख ट्रफी जितेर धेरै जीतको आनन्द बटुलेको छ । जुलाई २००३ यता चेल्सीका मालिक रसियन अर्बपति रोमन अब्रामोभिच छन् ।