जि-सेभेन
From Wikipedia, the free encyclopedia
सातको समूह ( जी७ -जी-सेभेन) एक अन्तर्राष्ट्रिय अन्तर सरकारी आर्थिक सङ्गठन हो जसमा सात प्रमुख विकसित देशहरू : क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, ब्रिटेन र संयुक्त राज्य अमेरिका रहेका छन्, जो विश्वको सबैभन्दा ठूलो आईएमएफ - उन्नत अर्थतन्त्र हुन् । [1]
Group of Seven and the European Union |
---|
जी-सेभेन राष्ट्र (निलो) र युरोपेली सङ्घ (teal) in the world
क्यानडा : प्रधानमन्त्री जस्टिन ट्रुडो फ्रान्स: राष्ट्रपति एमानुएल माक्रोँ जर्मनी: चान्सलर ओलाफ सोल्स इटाली: प्रधानमन्त्री ज्योर्जा मेलोनी जापान: प्रधानमन्त्री फुमिओ किसिदा संयुक्त अधिराज्य: बेलायतका प्रधानमन्त्री ऋषि सुनक United States : राष्ट्रपति जो बाइडेन European Union: परिषद अध्यक्ष चार्ल्स माइकल
|
२०१८ को अनुसार , यसमा संलग्न सात देशहरूले विश्वव्यापी खुद सम्पत्तिको ५८% हिस्सा (३१७ ट्रिलियन डलर) र वैश्विक कुल ग्राहस्थ उत्पादनको ४६% भन्दा बढी हिस्सा र क्रयशक्ति मा आधारित वैश्विक जीडीपी को ३२% भन्दा बढी हिस्सा ओगटेको छ । [2] यूरोपीयन सङ्घ जी-सेभेन को आमन्त्रित सदस्य हो ।
वार्षिक जी-सेभेन शिखर सम्मेलन मा यी ७ देशहरूका ७ सरकार-प्रमुखहरू शामेल हुने गर्छन्।