जुल्फिकार अली भुट्टो
From Wikipedia, the free encyclopedia
जुल्फिकार अलि भुट्टो (जन्म:५ जनवरी १९२८ – ४ अप्रिल १८७९), एक पाकिस्तानी प्रधान वकिल तथा राजनीतिज्ञ थिए जसले सन् १९७३ देखि सन् १९७७ सम्म, पाकिस्तानको नौवौँ प्रधानमन्त्री र सन् १९७१ देखि सन् १९७३ सम्म पाकिस्तानको चौथो राष्ट्रपतिको रूपमा सेवा दिएका थिए। उनी पाकिस्तान पिपल्स पार्टीमा संस्थापक नेता समेत हुन्।
जुल्फिकार अली भुट्टो ذوالفقار علی بھٹو | |
---|---|
पाकिस्तानको चौथो राष्ट्रपति | |
कार्यकाल २० डिसेम्बर १९७१ – १३ अगस्त १९७३ | |
उपराष्ट्रपति | नुरुल अमिन (सन् १९७१–७२) खाली (सन् १०७२–७३) |
पूर्वाधिकारी | याह्या खान |
उतराधिकारी | फजल इलाही चौधरी |
पाकिस्तानका नवौँ प्रधानमन्त्री | |
कार्यकाल १४ अगस्त १९७३ – ५ जुलाई १९७७ | |
राष्ट्रपति | फजल इलाही चौधरी |
पूर्वाधिकारी | नुरुल अमिन |
उतराधिकारी | मोहम्मद खान जुनेजो |
सातौँ राष्ट्रिय सभाको अध्यक्ष | |
कार्यकाल १४ अप्रिल १९७२ – १५ अगस्त १९७२ | |
सहायक | मोहम्मद हानिफ खान |
पूर्वाधिकारी | अब्दुल जब्बर खान |
उतराधिकारी | फजल इलाही चौधरी |
आठौँ र बाह्रौँ परराष्ट्र मन्त्री | |
कार्यकाल १५ जुन १९६३ – ३१ अगस्त १९६६ | |
राष्ट्रपति | अयुब खान |
पूर्वाधिकारी | मोहम्मद अली बगुडा |
उतराधिकारी | शरिफउद्दिन पिरजादा |
कार्यकाल २० डिसेम्बर १९७१ – २८ मार्च १९७७ | |
राष्ट्रपति | फजल इलाही चौधरी |
पूर्वाधिकारी | याह्या खान |
उतराधिकारी | अजिज अहमद |
व्यक्तिगत विवरण | |
जन्म | (१९२८-०१-०५)५ जनवरी १९२८ रतोडेरो तहसिल, बम्बै रियासत, बेलायत शासित भारत (हाल सिन्ध, पाकिस्तान) |
मृत्यु | ४ अप्रिल १९७९(1979-04-04) (उमेर ५१) रावलपिन्डी, पञ्जाब, पाकिस्तान |
मृत्युुको कारण | फाँसी |
चिहान | भुट्टो परिवारको चिहान, गरही खुदा बखश, सिन्ध, पाकिस्तान |
राजनीतिक दल | पाकिस्तान पिपुल्स पार्टी |
जीवन साथी(हरू) | शिरीन अमिर बेगम ( वि १९४३)नुसरत भुट्टो ( वि १९५१) |
नाता | भुट्टो परिवार हेर्नुहोस् |
सन्तान(हरू) | ४ (बेनजिर र मुर्तजा समावेश) |
अभिभावकs |
|
शिक्षा | जोन क्यानन विद्यालय र गिर्जाघर |
मातृ शिक्षाप्रतिष्ठान | दक्षिण क्यालिफोर्निया विश्वविद्यालय क्यालिफोर्निया विश्वविद्यालय, बर्क्ली (कलामा स्नातक) क्राइस्ट चर्च, अक्सफोर्ड (न्यायशास्त्र र नागरिक कानुनमा स्तातक) |
जीवनवृति | वकिल, राजनितीज्ञ |
सिन्धमा जन्मेका भुट्टो क्यालिफोर्निया विश्वविद्यालय, र अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका थिए, भुट्टोले पछि लिङ्कन्स इन नामक प्रधान वकिलहरूको लागि सङ्घमा प्रशिक्षण लिएका थिए। राष्ट्रपति इस्कन्दर मिर्जाको मन्त्रीपरिषदको एक सदस्यको रूपमा राजनीतिमा प्रवेश गर्नु भन्दा पूर्व उनलाई सन् १९५८ देखि राष्ट्रपति अयुब खानको सैन्य शासनको क्रममा धेरै मन्त्रालयहरूमा खटाइएको थियो। १९६३ मा विदेश मन्त्रीको रूपमा नियुक्त भएपछि भुट्टो कश्मीरमा अपरेसन जिब्राल्टरका समर्थकहरू मध्ये एक थिए जसले सन् १९६५ मा, भारतसँगको युद्धको सुरुवात गरेको थियो। तस्केन्त सम्झौता पश्चात् भुट्टो अयुब खानसँग लडेका थिए र उनलाई सरकारबाट बर्खास्त गरिएको थियो।
भुट्टोले सन् १९६७ मा, समाजवादी दल पाकिस्तान पिपुल्स पार्टीको स्थापना गरेका थिए र राष्ट्रपति याह्या खानले सन् १९७० मा आयोजना गरेको आम चुनाव लडेका थिए। चुनावमा आवामी लिगले बहुमत सिट जितेको थियो भने पाकिस्तान पिपुल्स पार्टीले पश्चिम पाकिस्तानमा बहुमत सिट जितेको थियो। दुई पार्टीहरू विशेष गरी छ बुँदे मुद्दामा आधारित रहेर नयाँ संविधानमा सहमति जुटाउन असमर्थ बनेका थिए जुन पश्चिम पाकिस्तानका धेरैले यसलाई देश बिच्छेद गर्ने उपायको रूपमा लिएका थिए।[4] सन् १९७१ मा बङ्गलादेश र यसको सहयोगी भारतको विरूद्ध लडेको पाकिस्तान अन्ततोगत्वा विच्छेद हुन पुगेको थियो। डिसेम्बर १९७१ मा भुट्टोलाई राष्ट्रपति पदको जिम्मा दिइएको थियो र आपतकालिन शासन लागू गरिएको थियो। भुट्टोले पाकिस्तानको पुनर्निर्माणको बारेमा टिप्पणी गर्दै भविष्यको लागि आशाको पुनर्निर्माण गर्ने बताएका थिए।[5]
जुलाई १९७२ मा, भुट्टोले सिमला सम्झौतामा हस्ताक्षर गरेसँगै उनले ४३,६०० युद्ध कैदीहरू र भारतले हडपेको ५,००० वर्ग माइल क्षेत्र पुन: प्राप्त गरेका थिए। उनले चीन र साउदी अरबसँग सम्बन्ध बलियो बनाएका थिए र बङ्गलादेशलाई मान्यता पनि प्रदान गरेका थिए भने उनले सन् १९७४ मा लाहोरमा इस्लामी सहयोग सङ्गठनको गठन गरेका थिए। स्थानीय रूपमा, भुट्टोको शासनकालमा सन् १९७३ मा संसदले सर्वसम्मतिले नयाँ संविधानलाई अनुमोदन गरेको थियो जसमा उनले फजल इलाही चौधरीलाई राष्ट्रपतिमा नियुक्त गरेका थिए र प्रधानमन्त्रीको नयाँ सशक्त कार्यालयमा प्रवेश गरेका थिए। उनले देशको आणविक कार्यक्रम सुरू गर्न पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।[6] यद्यपि, भुट्टो शासनकालमा पाकिस्तानका नयाँ उद्योग, स्वास्थ्यसेवा र शैक्षिक संस्थाहरूको अधिकांश राष्ट्रियकरणले आर्थिक कठिनाइको सामना गरेको थियो। बलुचिस्तानमा प्रान्तीय सामन्त सरकारहरू भङ्ग गरेसँग देशमा अशान्ति मच्चिएको थियो र भुट्टोले सन् १९७३ मा त्यस प्रदेशमा सेना परिचालन गर्न आदेश दिएमा थिए जसले गर्दा हजारौँ नागरिकको ज्यान गएको थियो।[7] नागरिक अव्यवस्थाको बावजुद, पाकिस्तान पिपुल्स पार्टीले सन् १९७७ मा, संसदीय चुनावमा जित हासिल गरेको थियो। सोही वर्ष ५ जुलाईमा भुट्टोलाई राष्ट्रपति हटाउँदै उनका सेनापति जिया-उल-हकले सैनिक विद्रोह गरी अपदस्थ गरिएका भुट्टोलाई पाकिस्तानको सर्वोच्च अदालतमा विवादास्पद मुद्दा चलाएर मृत्युदण्ड दिन लगाएका थिए[8][9] जसको विश्वव्यापी रूपमा त्यसको चौतर्फी विरोध भएको थियो।[10]
भुट्टो पाकिस्तानका लागि एक विवादास्पद व्यक्तित्व समेत हुन्, तथापि, उनको राष्ट्रियता र अन्तर्राष्ट्रियवादी एजेन्डाका लागि उनलाई स्वागत गरिएको छ।[11] उनलाई आफ्ना राजनीतिक विपक्षीहरुलाई धम्काउने र मानवअधिकार उल्लङ्घनका गर्ने लगायतका कारणद्वारा उनको आलोचना भएको थियो। उनलाई प्रायः पाकिस्तानको महान नेता मध्ये एक मानिन्छ। उनको छोरी बेनजिर भुट्टो दुई पटक प्रधानमन्त्री निर्वाचित भएकी थिइन् जसले गर्दा उनको पार्टी, पाकिस्तान पिपुल्स पार्टीका पाकिस्तानको सबैभन्दा ठूलो दलहरू मध्ये एक हो।[12] उनका ज्वाइँ अर्थात् बेनजीरका पति, आसिफ अली जरदारीले पाकिस्तानको ११औँ राष्ट्रपतिको रूपमा काम गरेका थिए।[13]