पाकिस्तानको प्रशासनिक एकाइ
From Wikipedia, the free encyclopedia
पाकिस्तानको प्रशासनिक एकाईले, पाकिस्तानको प्रशासनमा भूमिका निर्वाह गर्ने उपराष्ट्रिय प्रशासनिक विभाजनलाई जनाउँछ। यो देशको चार प्रदेश र एक सङ्घीय प्रदेशहरू मिलेर बनेको छ प्रदेशहरूमा बलुचिस्तान, पञ्जाब, सिन्ध, खैबर पख्तुनख्वा र सङ्घीय प्रशासित इस्लामाबाद राजधानी क्षेत्र पर्दछ। साथै पाकिस्तानले कश्मीरको विवादित क्षेत्रमा पनि : गिल्गित-बल्तिस्तान[1] र आजाद जम्मु र कश्मीर[2] गरि दुई स्वायत्त प्रदेशहरूको व्यवस्था गरेको छ।[टिप्पणी 1] गिल्गित-बल्तिस्तान[टिप्पणी 2] छिमेकी देश भारतसँग चलिरहेको कश्मीर विवादका कारण, यसले लद्दाख र जम्मू र कश्मीरका सङ्घ शासित प्रदेशहरूमाथि पनि सार्वभौमिकताको दावा गरेको छ, तर सन् १९४७–१९४८ मा भारतबाट स्वतन्त्र भएदेखि र त्यसपछिको युद्धदेखि यसले कुनै पनि क्षेत्रमाथि प्रशासनिक अधिकार प्रयोग गरेको छैन। पाकिस्तानका सबै प्रदेश र क्षेत्रहरू विभाजनमा विभाजित छन्, जसलाई जिल्लाहरूमा अझ उपविभाजन गरिएको छ, र त्यसपछि तहसील, जसलाई फेरि सङ्घ परिषदहरूमा अझ उपविभाजन गरिएको छ।[6]
प्रशासनिक एकाइ: इस्लामी गणतन्त्र पाकिस्तान پاکستان کی انتظامی اکائیاں | |
---|---|
श्रेणी | सङ्घीय राज्य |
अवस्थिति | पाकिस्तान |
स्थापित | १ जुलाई १९७० |
सङ्ख्या |
|
जनसङ्ख्या | कम: १२,४९,००० बढी: ११,००,१२,४४२ (पञ्जाब) |
क्षेत्रफल | सानो: ९०६.० किमी२ (३४९.८१ वर्ग माइल), इस्लामाबाद राजधानी क्षेत्र ठूलो: ३,४७,२०० किमी२ (१,३४,०५० वर्ग माइल), बलुचिस्तान |
सरकार | सरकार
|
उप प्रशासन | विभाग, जिल्ला, तहसील, सङ्घ परिषद् (घट्दो क्रममा राखिएको) |