From Wikipedia, the free encyclopedia
पानीपतको पहिलो युद्ध २१ अप्रिल १५२६ मा बाबर र लोदी राजवंशको आक्रमणकारी सेनाहरू बिच भएको थियो। यो युद्ध उत्तर भारतमा भएको थियो भने यस युद्धले मुगल साम्राज्यको सुरुवात र दिल्ली सल्तनतको अन्त्यको रूपमा चिह्नित गर्दछ। यो भारतीय उपमहाद्वीपमा बारुद बन्दुक र क्षेत्र तोपखाना सम्मिलित प्रारम्भिक लडाईहरू मध्ये एक थियो जुन यस युद्धमा मुगलहरूद्वारा प्रयोग गरिएको थियो।[3]
पानीपतको प्रथम युद्ध | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
मुगल साम्राज्यको भाग | |||||||||
बाबरनामा, पानीपतको प्रथम युद्ध | |||||||||
| |||||||||
योद्धा | |||||||||
मुगल साम्राज्य | दिल्ली सल्तनत | ||||||||
सेनापतिहरू | |||||||||
बाबर | सुल्तान इब्राहिम लोदी† | ||||||||
शक्ति | |||||||||
१२,०००-२५,००० मुगल तथा अफगानी,[1] सम्बद्ध भारतीय सैनिक,[1] २४ मैदानी तोप |
५०,०००-१,००,००० सैनिक,[1] ३०० युद्ध हात्ति[2] | ||||||||
मृत्यु र क्षति | |||||||||
कम | २०,००० |
दोस्रो पटक समरकन्द गुमाए पछि, बाबर सन् १५१९ मा चिनाबको किनारमा पुगेर हिन्दुस्तानलाई जित्ने अठोट लिएका थिए।[4]सन् १५२४ सम्म, उनको उद्देश्य मात्र पञ्जाबमा आफ्नो शासन विस्तार गर्नु थियो जुन मुख्य रूपबाट आफ्नो पुर्खा तैमूरको विरासत पूरा गर्नको लागि थियो।[5]उनले पञ्जाबका प्रदेश प्रमुख दौलत खान लोदी र इब्राहिमका काका अलाउद्दीनबाट निमन्त्रणा प्राप्त गरेका थिए। उनले इब्राहिमलाई एक राजदूत पठाएका थिए। उनले आफूलाई देशको सिंहासनको उचित उत्तराधिकारी भएको दाबी गरेका थिए[6], तथापि राजदूतलाई लाहोरमा कैद गरिएको थियो जसलाई एक र महिनाा पछि रिहा गरिएको थियो।[4]
बाबरले सन् १५२४ मा पञ्जाबको लाहोरको लागि सुरुवात गरेका थिए तर दौलत खान लोदीलाई इब्राहिम लोदीले पठाएको फौजले धपाएको पत्ता लागेेेको थियो।[7] बाबर लाहोर पुग्दा लोदी सेना हिँडेर बाटो लागेको थियो। जवाफमा बाबरले लाहोरेलाई दुई दिनसम्म जलाएका थिए। त्यसपछि लोदीका अर्का विद्रोही काका आलम खानलाई प्रदेश प्रमुखको रूपमा राख्दै उनी दिपलालपुर तिर लागेका थिए। आलम खान तुरुन्तै परास्त भएसँगै उनी काबुलमा शरण लिन पुगेका थिए। जवाफमा बाबरले आलम खानलाई फौजको आपूर्ति गरेका थिए जो पछि दौलत खान लोदीसँग सम्मिलित भएको थियो।[7] लगभग ३०,००० फौजका साथ, उनीहरूले दिल्लीमा इब्राहिम लोदीलाई घेरा हालेका थिए। उनले उनीहरूलाई हराएर आलमको सेनालाई धपाएका थिए र बाबरले लोदीले पञ्जाब कब्जा गर्न नदिने ठानेका थिए।[8]
इब्राहिम लोदी आफ्नो २०,००० सेना सहित युद्ध मैदानमा वीरगति प्राप्त गरेका थिए। पानीपतको युद्ध सैन्य रूपमा तैमूरीवंश एक निर्णायक जीत थियो। राजनीतिक रूपमा बाबरले नयाँ भूमी हासिल गर्दै र भारतीय उपमहाद्वीपको केन्द्रमा लामो समयसम्म कायम रहेको मुगल साम्राज्यको स्थापनको एक नयाँ चरण सुरु गरेका थिए।[9]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.