प्युठान जिल्ला
From Wikipedia, the free encyclopedia
प्यूठान जिल्ला नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक पहाडी जिल्ला हो। यस जिल्लाको पूर्वमा अर्घाखाँची र गुल्मी, पश्चिममा रोल्पा र दाङ, उत्तरमा बाग्लुङ र रोल्पा र दक्षिणमा अर्घाखाँची र दाङ जिल्ला रहेका छन्।
छरितो तथ्यहरू प्यूठान जिल्ला, देश ...
प्यूठान जिल्ला | |
---|---|
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
सदरमुकाम | प्यूठान |
क्षेत्रफल | |
• जम्मा | १३०९ किमी२ (५०५ वर्ग माइल) |
जनसङ्ख्या (२०७८) | |
• जम्मा | २३१८४८ |
• घनत्व | १८०/किमी२ (४६०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
भाषाहरू | नेपाली भाषा |
बन्द गर्नुहोस्
समुन्द्र सतहबाट ३०५ मिटर देखि ३६५९ मिटर सम्मको उचाइमा पहाड, पर्वत, टार, वेशी आदि रहेको यो जिल्लामा खासगरी शीत र शमशितोष्ण हावापानी पाइन्छ। यो जिल्ला १३२८९० हेक्टर क्षेत्रफलमा फैलिएको छ। यहाँ सामान्यतया न्युनतम १४.८ देखि अधिकतम २४.१ डिग्री सम्मको ताप र सरदर १३०० मी.मी. वार्षिक वर्षा भएको पाइन्छ। प्यूठान जिल्लामा ७ गाउँपालिका र २ नगरपालिका कायम गरेको छ।[1][2][3] प्युठान जिल्लामा प्रदेश सभाका लागि २ निर्वाचन क्षेत्र र प्रतिनिधि सभाका लागि १ निर्वाचन क्षेत्र रहेको छ।