लुम्बिनी प्रदेश
नेपालको प्रदेश / From Wikipedia, the free encyclopedia
लुम्बिनी प्रदेश नेपालको संविधान २०७२ ले विक्रम सम्वत २०७२ असोज ३ मा राज्य विभाजन गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो।[1] यो प्रदेश नेपालको चौथो सबैभन्दा बढी जनसङ्ख्या भएको प्रदेश र क्षेत्रफल अनुसार तेस्रो ठूलो प्रदेश हो। लुम्बिनीको उत्तरमा गण्डकी प्रदेश र कर्णाली प्रदेश, पश्चिममा सुदुरपश्चिम प्रदेश, दक्षिणमा भारतको उत्तर प्रदेश र बिहार रहेको छ। लुम्बिनी दुई नेपाली प्रदेश मध्ये एक हो जससँग भारतसँग मात्र अन्तर्राष्ट्रिय सीमा छ। लुम्बिनीको राजधानी देउखुरी, यस प्रदेशको भौगोलिक केन्द्रको नजिक छ। यस प्रदेशका ठूला शहरहरू रुपन्देही जिल्लाको बुटवल र सिद्धार्थनगर, बाँके जिल्लाको नेपालगन्ज, पाल्पा जिल्लाको तानसेन र दाङ जिल्लाको घोराही र तुलसीपुर हो।
छरितो तथ्यहरू लुम्बिनी प्रदेश, राष्ट्र ...
लुम्बिनी प्रदेश | |
---|---|
शीर्ष बायाँ देखि दाँया लुम्बिनीमा मायादेवी मन्दिर, ढोरपाटन शिकार आरक्ष, रानीमहल, बागेश्वरी मन्दिर र बर्दिया राष्ट्रिय निकुञ्जमा पाटे बाघ | |
राष्ट्र | नेपाल |
प्रदेश विभाजन | २०७२ असोज ३ |
राजधानी | देउखुरी |
सबैभन्दा ठूलो सहर | घोराही |
जिल्लाहरू | १२ |
सरकार | |
• अङ्ग | लुम्बिनी प्रदेश सरकार |
• मुख्य मन्त्री | जाेख बहादुर महरा |
क्षेत्रफल | |
• जम्मा | २२,२८८ किमी२ (८६०५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ४५४०२२२ |
• घनत्व | २००/किमी२ (५३०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
भूसङ्केत | NP-FI |
बन्द गर्नुहोस्