बङ्गाल
From Wikipedia, the free encyclopedia
बङ्गाल पाकिस्तानको विभाजन भन्दा पहिला भारतीय उपमहाद्वीपमा भारतको एक अखण्ड प्रान्त थियो। पश्चिम बङ्गाल, बङ्गलादेश र केही छिमेकी प्रान्त जस्तै बिहार, उडिसा आदिका केही भू-भाग बङ्गाल क्षेत्रमा पर्ने गर्दथ्यो। पाकिस्तान विभाजन पछि बङ्गाल क्षेत्रको पूर्वी भाग (पूर्व बङ्गाल) पूर्व पाकिस्तान बनेको थियो। पछि पूर्व पाकिस्तान पाकिस्तानबाट विभाजित भएर बङ्गलादेश नामबाट एउटा देश बनेपछि ढाकालाई देशको राजधानी बनाइएको थियो। पूर्व बङ्गाल बङ्गलादेशमा परिणत भएपनि पश्चिम बङ्गाल अहिले पनि भारतको एक प्रान्तको रूपमा छ जसको प्रान्तीय राजधानी कलकत्ता हो।
बङ्गाल बाङ्ला | |
---|---|
एसिया महादेशको एक भाग | |
महादेश | एसिया |
देश | बङ्गलादेश
|
ठुला सहर | |
क्षेत्रफल | |
• जम्मा | २५४११० किमी२ (९८११० वर्ग माइल) |
जनसङ्ख्या (सन् २०११) | |
• जम्मा | २५ करोड |
राष्ट्रिय भाषा | बङ्गलादेश – बङ्गाली[1] पश्चिम बङ्गाल – बङ्गाली, अङ्ग्रेजी[2] |
राजनैतिक रूपमा बङ्गाललाई पूर्वमा बङ्गलादेश र भारतीय राज्य पश्चिम बङ्गालमा विभाजन गरिएको छ। बङ्गाल सल्तनत र औपनिवेशिक कालखण्डमा यस क्षेत्रलाई आधुनिक बिहार, झारखण्ड, उडिसा, असम, त्रिपुरा, मिजोरम, मेघालय, नागाल्यान्ड र भारतको मणिपुर राज्यहरू र बर्माका केही भागहरू समावेश थिए।[3][4][5] सन् २०११ मा बङ्गालको जनसङ्ख्या २५ करोड रहेको अनुमान गरिएको थियो। यो क्षेत्र विश्वको सबैभन्दा घना बस्ती भएको क्षेत्रमध्ये एक हो। तीमध्ये अनुमानित १६ करोड मानिसहरू बङ्गलादेशमा बसोबास गर्छन् भने ९१.३ करोड मानिसहरू पश्चिम बङ्गालमा बसोबास गर्छन्। यस क्षेत्रका प्रमुख नश्लवादी समूह बङ्गाली हुन्, जसले हिन्द-आर्य बङ्गाली भाषा बोल्दछन्।[3] बङ्गालादेशमा बङ्गालका मुस्लिमहरू सबैभन्दा धेरै छन् भने पश्चिम बङ्गालमा बङ्गाली हिन्दुहरू सबैभन्दा धेरै रहेका छन्। भारत र पूर्वी पाकिस्तानबीच विभाजन हुँदा यो क्षेत्र विभाजित भएको थियो।
यस क्षेत्र बाहिर भारतीय राज्य त्रिपुरा र असमको बाराक उपत्यकामा बङ्गाली-बहुसङ्ख्यक जनसङख्या रहेको छ। अरुणाचल प्रदेश, दिल्ली, छत्तीसगढ, झारखण्ड, मेघालय, मिजोरम, नागाल्यान्ड र उत्तराखण्ड राज्यमा पनि बङ्गालीहरूको उल्लेखनीय उपस्थिति रहेको छ।[6]
पहाडी वर्षावन लगायतका घना जङ्गलहरूले बङ्गालको उत्तरी र पूर्वी क्षेत्रहरूलाई र अग्लो जङ्गल भएको क्षेत्रले यसको केन्द्रीय क्षेत्रलाई ढाकेको छ। यस क्षेत्रको उच्चतम उचाइ विन्दु पश्चिम बङ्गालको दार्जिलिङ जिल्लामा अवस्थित सन्दकपुर (३६३६ मि. ११,९३० फुट) हो। समुद्रितटमा रहेको दक्षिणपश्चिम भूभागहरूमा सुन्दरवन रहेको छ जुन विश्वकै सबैभन्दा ठुलो म्याङ्ग्रोभ जङ्गल र पाटे बाघको बासस्थान हो। समुद्रीतटको दक्षिणपूर्वमा कोक्सबाजार अवस्थित छ जुन संसारको सबैभन्दा लामो समुद्री किनार हो जसले १२५ किलोमिटरको क्षेत्रलाई ओगटेको छ। यस क्षेत्रमा मनसुनको हावापानी छ, जुन बङ्गाली पात्रो अनुसार ६ ऋतुहरूमा विभाजित छ।[7]
यस क्षेत्रका बासिन्दाहरूले भारतीय समाजको सामाजिक-साँस्कृतिक आन्दोलन र भारतको स्वतन्त्रताको लागि भएको आन्दोलनमा प्रमुख भूमिका निर्वाह गरेका थिए। जसमा क्रान्तिकारी समूहहरूको प्रभुत्व थियो। ब्रिटिस राजलाई परास्त गर्ने सशस्त्र प्रयास सन्यासी र फकीर विद्रोहबाट सुरु हुँदै सुभाषचन्द्र बोसले अङ्ग्रेजहरू विरुद्ध लड्न जापानसँग सम्बद्ध भारतीय राष्ट्रिय सेनालाई नेतृत्व गर्दा चरमोत्कर्षमा पुर्याएका थिए। स्वतन्त्रताका लागि भएका प्रयासहरूमा थुप्रै बङ्गालीहरूको मृत्यु भएको थियो भने थुप्रैलाई अण्डमानमा रहेको काला पानी कारागारमा निर्वासित गरिएको थियो। सन् १९४६ मा यस क्षेत्रलाई भारत र पाकिस्तानको बीचमा विभाजन गरिएको थियो। यस विभाजनलाई बङ्गालको (सन् १९४७) विभाजन पनि भनिन्छ। यसले क्षेत्रलाई प्रमुख मुस्लिम र हिन्दु जनसङ्ख्याको बीचमा विभाजन गरेको थियो। यस कदमको बङ्गालका प्रधानमन्त्री हुसेन सुहरावार्दी र राष्ट्रवादी नेता शरतचन्द्र बोसले विरोध गरेका थिए भने उनीहरूले एक संयुक्त र स्वतन्त्र राष्ट्र बङ्गालको लागि अभियान चलाएका थिए। बेलायती कुटनीतिको लक्ष्य तथा मुसलमान र हिन्दुबीचको साम्प्रदायिक द्वन्द्वका कारण यो प्रयास विफल भएको थियो। त्यसपछि पश्चिम बङ्गाल भारतको र पूर्वी बङ्गाल पाकिस्तानको भाग बनेको थियो। सन् १९७१ मा पूर्वी बङ्गालको लागि स्वतन्त्रताको युद्ध मार्फत एक स्वतन्त्रता राष्ट्रको रूपमा बङ्गलादेशको उदय भएको थियो।