शङ्कर पोखरेल
नेपालका राजनीतिज्ञ From Wikipedia, the free encyclopedia
नेपालका राजनीतिज्ञ From Wikipedia, the free encyclopedia
शङ्कर पोखरेल नेपालको लुम्बिनी प्रदेशका प्रथम तथा वर्तमान मुख्यमन्त्री हुन्।[1] प्रदेशसभा निर्वाचन, २०७४मा, नेकपा एमालेका स्थायी कमिटी सदस्य शङ्कर पोखरेल दाङ निर्वाचन क्षेत्र नं. २ (१) को प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।[2] दाङमा जन्मिएका उनी समानुपातिक तर्फबाट नेकपा-एमालेका सभासद समेत रहिसकेका छन्। उनी २०५१ सालको संसदीय निर्वाचनमा दाङ क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए। उनी २०५६ मा पनि सोही क्षेत्रका उम्मेदवार थिए। विद्यार्थी आन्दोलनका कारण २०३५ सालदेखि राजनीतिमा संलग्न उनी पहिलोपटक २०३७ सालमा जेल परेका थिए। पटकपटक गरी एक वर्ष जेल जीवन बिताएका पोखरेल एमालेका केन्द्रिय सदस्य तथा पार्टी सचिवालय सदस्य समेत रहेका थिए। उनले अनेरास्ववियु अध्यक्ष (२०४७-५०), पार्टीको राप्ती अञ्चल इन्चार्ज र उपत्यका कमिटी सचिवको जिम्मेदारी समेत निर्वाह गरिसकेका छन्। त्रिभुवन विश्वविद्यालयबाट एम.बी.ए. गरेका पोखरेलका २ छोरी छन्।
शङ्कर पोख्रेल | |
---|---|
मुख्यमन्त्री, लुम्बिनी प्रदेश | |
कार्यकाल २०७४ फागुन ३ – २०७८ साउन २७ | |
राज्य प्रमुख | |
उतराधिकारी | कुलप्रसाद केसी |
सूचना तथा सञ्चार मन्त्रालय | |
कार्यकाल २०६६ जेठ ११ – २०६७ माघ २३ | |
राष्ट्रपति | रामवरण यादव |
प्रधानमन्त्री | माधव कुमार नेपाल |
लुम्बिनी प्रदेश सभा | |
पद बहाली २०७४ | |
निर्वाचन क्षेत्र | दाङ २ |
व्यक्तिगत विवरण | |
जन्म | तुल्सीपुर, दाङ | २७ फेब्रुअरी १९६३
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | नेपाल कम्युनिष्ट पार्टी |
जीवन साथी | सुजिता शाक्य |
अभिभावकहरू |
|
वेबसाइट | ओसीएमसीएम.पी५.गव.एनपी |
दाङ जिल्लाको क्षेत्र नं २ ‘क’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका शंकर पोखरेल नेकपा एमालेका स्थायी समिति सदस्य हुन्। उनले सञ्चार मन्त्रालयको जिम्मेवारी पनि सम्हालिसकेका छन्। अर्थशास्त्रमा स्नातकोत्तर गरेका शंकर पोखरेल पार्टीभित्र बौद्धिक नेता भनेर चिनिन्छन् । वि. सं. २०१९ सालमा तुलसीपुर उपमहानगर वडा नंवर–१९ हाडिमेमा जन्मिएका शंकर पोखरेल २०५१ सालमा दाङ जिल्लाको क्षेत्र नंवर २बाट निर्वाचित भई पहिलो पटक प्रतिनिधी सभाका सदस्य बनेका थिए । २०७० सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा दाङ जिल्लाको क्षेत्र नंवर ४ बाट कांग्रसका नेता बुद्धिराम भण्डारीले भने उनलाई हराएका थिए । कुनै बेला जननेता स्वर्गिय मदनकुमार भण्डारीसँग निकट रहेर काम गरेका शंकर पोखरेलले अनेरास्ववियुका अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापतिको जिम्मेवारी समेत सम्हालिसकेका छन्। विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका शंकर पोखरेलको वैचारिक तथा राजनीतिक क्षमता र संजठनात्मक कार्यकुशलता उदाहरणीय मानिन्छ। उनी अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष समेत हुन्। माओवादी जनयुद्धको हिंसा अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लामा उनले शान्ति पदयात्राको नेतृत्व समेत गरेका थिए। उनले संविधानसभा मार्फत राज्यको पुनःसंरचना आवश्यक भन्दै पार्टीमा राज्य पुनःसंरचना सम्बन्धी लिखित दस्तावेजसमेत प्रस्तुत गरेका थिए। [3]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.