From Wikipedia, the free encyclopedia
सिन्धुली नेपालको [बागमती प्रदेश]] , साबिक जनकपुर अञ्चलमा अवस्थित एक जिल्ला हो। यो जिल्ला नेपालको भित्री मधेसमा पर्दछ। राजधानीबाट नवनिर्मित बिपी राजमार्ग को बाटो यो जिल्ला छिचोल्न १८५ किलोमिटर यात्रा गर्नु पर्छ। यो राजमार्ग नहुँदा तराई हुँदै सिन्धुलीको सदरमुकाम सिन्धुली माडी पुग्न लगभग ४०० किलोमिटर यात्रा पार गर्नु पर्दथ्यो।
सिन्धुली जिल्ला |
---|
सिन्धुली जिल्लाको नामाकरणमा विभिन्न प्रसगंहरू जोडिएका छन्, जसमध्ये केही प्रसंगहरू तल प्रस्तुत गरिएका छन्;
१. कमलामाई नगरपालिका – सिन्धुलीमाढी
२. दुधौली नगरपालिका – दुधौली
३. तीनपाटन गाउँपालिका – लाम्पन्टार
४. हरिहरपुरगढी गाउँपालिका – झनझने
५. सुनकोशी गाउँपालिका – रामटार
६. गोलान्जोर गाउँपालिका – ग्वाल्टार
७. मरिण गाउँपालिका – कपिलाकोट
८. घ्याङलेख गाउँपालिका – हायुटार
९. फिक्कल गाउँपालिका – खाङसाङ
कमलामाई नगरपालिका वडा नं. ४ अवस्थित हिन्दूधर्मालम्वीहरूको आस्था र शक्तिकी प्रतिक श्री कालीमाई मन्दिर पूर्वमा ग्वाङखोला, पश्चिममा हरियाली वनजंगलले ढाकेको र विचमा रमणिय मधुटार गाउँको अवलोकन गर्न सकिन्छ। कालिमाईलाई शक्तिको प्रतिकको रूपमा भक्तजनहरूले मान्ने गरेको पाइन्छ। यस मन्दिरमा माघे सङ्क्रान्तिको पर्वमा भब्यमेला लाग्ने गर्दछ। यहाँ हजारौ नरनारीहरू आएर आ–आफ्नो मनोकाङ्क्षा पूरा गर्नको लागि पूजा आराधना गरी परेवा तथा कुखुराको वलि चढाउने गर्दछन्। राणाशासन कालमा सेनाको एक टुकडि आएर पहिला कालिमाईलाई र त्यसपछि कमलामाईलाई सलामी दिने गरेको उदाहरण विभिन्न लेख रचनाहरूमा उल्लेख गरेको पाइन्छ। दिलिपकुमार थापा द्वारा लिखित “सिन्धुलीको धार्मिक तथा ऐतिहासिक झलक” नामक पुस्तकमा उल्लेख गरिए अनुसार सिन्धुली गढीका तत्कालिन बडाहाकीम मिन्टुजङ्ग राणाले कालिमाइलाई सलामि दिनु पर्दैन श्री कमलामाईलाई मात्र गएर सलामी दिए हुन्छ भनेर सेनालाई आदेश दिएर कमलामाईको मन्दिरतर्फ बढ्न थालेपछि एक्कारी बडा हाकिम समेतका सेनाहरू थरथर काम्नथाले पछि अहो ! वित्यास म-यो श्री कमलामाईलाई सलामि नदिएर पो यस्तो भएको हो कि ? जाऊँ फर्केर भनि कालीमाईको मन्दिरमा आइपुग्नासाथ बेहोस भएछन। तत्कालिन पूजारीले श्री कालीमाईको स्तुति पुकारापात गरेपछि बडाहाकिम समेत होसमा आई सैनिकहरूले विधिपूर्वक श्रीइ कालीमाइलाई सलामी दिएर कमलामाइको मन्दिर तर्फ गएको भनाई उल्लेख गरेका छन्। हाल सम्म पनि भक्तजनहरू पहिला कालिकामाईको पूजा आराधना गरेर मात्र कमलामाईलाईको दर्शन गर्न जान्छन्।
यस कालिकामाई मन्दिरको स्थापना कहिले र कसले स्थापना गर्यो भन्नेबारे हाल सम्म कुनै अभिलेख प्राप्त भएको छैन। शक्तिकी प्रतिक जगनजननी श्री कालीमाईको भक्तिभावले पूजाआराधना गर्नाले आफ्नो मनोकांक्षा पूराहुने र शक्ति प्राप्त हुने जनआस्था र विश्वास हालसम्म पनि उत्तिकै रहि आएको पाइन्छ।[2]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.