सेलेना गोमेज
अमेरिकी अभिनेत्री र गायिका / From Wikipedia, the free encyclopedia
सेलेना मारी गोमेज (जन्म: जुलाई २२, १९९२) एक अमेरिकी गायिका, अभिनेत्री र निर्मात्री हुन्। गोमेजले बालबालिकाहरूको लागि बनाइएको टेलिभिजन शृङ्खला बार्नी एन्ड फ्रेन्ड्स (२००२–२००४) मा आफ्नो अभिनय करियर सुरु गरेकी थिइन्। किशोरावस्थामा, उनी डिज्नी च्यानलको टेलिभिजन शृङ्खला विजार्ड्स अफ वेभर्ली प्लेस (२००७–२०१२) मा एलेक्स रुसोको रूपमा अभिनय गरेर प्रख्यात भएकी थिइन्। उनको टेलिभिजन करियरको साथसाथै, गोमेज एनदर सिन्ड्रेला स्टोरी (२००८),प्रिन्सेस प्रोटेक्सन प्रोग्राम (२००९), विजार्ड्स अफ वेभर्ली प्लेस: द मुभी (२००९), रमोना एन्ड बिजस (२०१०), मोन्टे कार्लो (२०११), स्प्रिङ ब्रेकर्स (२०११), नेबर्स २: सोरोरिटी राइजिङ (२०१६), द डेड डोन्ट डाइ (२०१९), र अ रेनी डे इन न्युयोर्क (२०१९) चलचित्रहरूमा देखा परेकी थिइन्।
सेलेना गोमेज | |
---|---|
जन्म | सेलेना मारी गोमेज (1992-07-22) २२ जुलाई १९९२ (उमेर ३१) ग्रान्ड प्रेरी, टेक्सास, संयुक्त राज्य अमेरिका |
पेशा |
|
कार्यकाल | सन् २००२-वर्तमान |
कार्य |
|
पुरस्कार | पूर्ण सूची |
साङ्गीतिक जीवन | |
विधा |
|
वाद्ययन्त्र |
|
लेबल |
|
हस्ताक्षर | |
वेबसाइट | selenagomez |
उनको पूर्व ब्यान्ड सेलेना गोमेज एन्ड द सिनसँग उनले ब्यान्डको प्रकाशित एलबमहरू मध्ये, किस एन्ड टेल (२००९), अ इअर्स विथआउट रेन (२०१०) र ह्वेन द सन गोज डाउन (२०११) लाई बिलबोर्ड २०० चार्टको शीर्ष १० मा पुगाउन सफल भएका थिए। एकल कलाकारको रूपमा, उनका दुईवटा एल्बमहरू स्टार्स डान्स (२०१३) र रिभाइभल (२०१५) बिलबोर्ड २०० को शीर्ष स्थानमा पुगेका थिए। उनका प्रकाशित गीतहरू मध्ये "कम एन्ड गेट इट", "द हट वान्ट्स ह्वाट इट वान्ट्स", "गुड फर यु", "सेम वल्ड लभ", "हेन्ड्स टु माइसेल्फ", चार्लि पुथसँग "वि डन्ट टक एनिमोर", र काइगोसँग "इट एन्ट मी" लगायतका ७ वटा गीतहरू बिलबोर्ड हट १००को शीर्ष १० मा पुग्न सफल भएका थिए। बिलबोर्डको एक प्रतिवेदन अनुसार, सेलेना गोमेजले ७ मिलियन भन्दा बढी एल्बमहरू र २२ मिलियन भन्दा बढी एकल गीतहरू बिक्री गरिसकेकी छिन्।[1]
गोमेजले उनको कार्यकालमा, अहिलेसम्म विभिन्न पुरस्कारहरू हात पारेकी छिन् जसमा उनले १ पटक एएलएमए अवार्ड, १ पटक अमेरिकी म्युजिक अवार्ड, १ पटक एमटिभी भिडियो म्युजिक अवार्ड, १ पटक पिपुल्स चोइस अवार्ड, २ पटक बिलबोर्ड वुमन इन म्युजिक अवार्ड र १८ पटक टिन चोइस अवार्डहरू हात पार्न सफल भएकी थिइन्। गोमेज सामाजिक सञ्जाल इन्स्टाग्राममा अक्टोबर २०१८ सम्म सबैभन्दा बढी पछ्याइएकी प्रयोगकर्ता थिइन् र अक्टोबर २०१८ पछि उनलाई उछिन्दै पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सबैभन्दा बढी पछ्याइएका प्रयोगकर्ता बन्न सफल भएका थिए।[2][3] गोमेजले सन् २०१० मा केमार्टको माध्यमबाट आफ्नै कपडा लाइन र सन् २०१३ मा आफ्नै शीर्षकमा रहेको अत्तर जारी गरेकी थिइन्। सन् २०१७ मा उनले "सेलेना ग्रेस" नामक हाते झोला एक सीमित-संस्करण सङ्ग्रह जारी गरिन् जुन उनले कोच, इङ्क सहयोगमा नमुना बनाएकी थिइन्। उनले वर्षौ सम्म विभिन्न दानी संस्थाहरूसँग काम गरेकी थिइन् जसले गर्दा उनी मात्रै १७ वर्षको उमेर छँदा युनिसेफको सदस्य बन्न पुगेकी थिइन्।[4]