![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/2/23/Emblem_of_Nepal.svg/langne-640px-Emblem_of_Nepal.svg.png&w=640&q=50)
स्थानीय तह
नेपालको स्थानीय सरकार / From Wikipedia, the free encyclopedia
नेपालको संविधान २०७२ अनुसार स्थानीय तह भन्नाले गाउँपालिका, नगरपालिका र जिल्ला सभा हो । गाउँपालिका एक भौगोलिक तथा शासकीय तह हो जसको कार्यकारिणी अङ्ग गाउँ कार्यपालिका हुन्छ भने व्यवस्थापकीय कार्य गर्ने अङ्ग गाउँ सभा हो । नगरपालिका एक भौगोलिक तथा प्रशासनिक एकाई हो जसको कार्यकारिणी अङ्ग नगर कार्यपालिका हो भने व्यवस्थापिकीय कार्य गर्ने अङ्ग नगर सभा हो । जिल्ला सभाले जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाको समन्वय गर्ने कार्य गर्दछ । जिल्ला विकास समितिले गर्दै आएको कार्यकारिणी कार्यहरू अब स्थानीय तहले गर्ने तथा जिल्ला समन्वय समितिले समन्वय र अनुगमन मात्र गर्ने छ ।[1] नेपालको संविधान २०७२को धारा ५६ अनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालले मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने छ र नेपालको राज्य शक्तिको प्रयोग सङ्घ, प्रदेश र स्थानीय तहले यस संविधान तथा कानुन बमोजिम गर्नेछन् भन्ने उल्लेत्तीर्ण गरिएको छ ।[2] स्थानीय तह अन्तर्गत गाउँपालिका, नगरपालिका र जिल्ला सभा/जिल्ला समन्वय समिति रहने छन् ।[3][4][5] वडाको संख्या सङ्घीय कानुन वमोजिम हुने छ । नेपालमा २०७३ फाल्गुन २७बाट ७ सय ४४ वटा स्थानीय तहहरू कार्यान्वयनमा आएका थिए ।[6][7] हाल स्थानीय तहको कुल संख्या ७ सय ४४बाट बढेर ७ सय ६६ पुगेको छ ।[8]