![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/ne/thumb/3/3f/Sweden_national_football_team_badge.svg/langne-640px-Sweden_national_football_team_badge.svg.png&w=640&q=50)
स्विडेन महिला राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
स्विडेन महिला राष्ट्रिय फुटबल टोली (स्वीडेनी: svenska damfotbollslandslag) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा स्विडेनको प्रतिनिधित्व गर्ने एक राष्ट्रिय फुटबल टोली हो।[4] यसलाई स्विडेनी फुटबल सङ्घले (स्वीडेनी: Svenska Fotbollförbundet) नियन्त्रण गर्दछ। यस स्विडेनी राष्ट्रिय टोलीले सन् १९८४ को युरोपेली महिलाको उपाधि जितेको थियो भने यसले सन् २००३ को फिफा महिला विश्वकपको उप विजेता बनेको थियो। टोलीले सन् १९८७, सन् १९९५ र सन् २००१ को युरोपेली महिलाको उपाधि जित्न सफल भएको थियो। टोली हालसम्म ६ वटा ओलम्पिक खेल, ८ वटा फिफा महिला विश्वकपका साथसाथै १० वटा युरोपेली प्रतियोगितामा सहभागिता जनाइसकेको छ। स्विडेनी राष्ट्रिय महिला टोली सन् १९९१, सन् २०११ र सन् २०१९ फिफा महिला विश्वकपमा तेस्रो स्थान प्राप्त गरेको थियो।[5]
![]() | |||
उपनाम(हरू) | Blågult (निलो र पहेँलो) | ||
---|---|---|---|
सङ्गठन | Svenska Fotbollförbundet/स्विडेनी फुटबल सङ्घ | ||
सङ्घ | युरोपेली फुटबल महासङ्घ (युरोप) | ||
प्रमुख प्रशिक्षक | पिटर गेर्हार्डसन | ||
कप्तान | क्यारोलिन सेगेर | ||
सर्वाधिक उपस्थिति | थेरेस सोग्रानले (२१४)[1] | ||
सर्वाधिक गोलकर्ता | लोत्ता सिलिन (८८)[2] | ||
गृह रङ्गशाला | गम्ला ओलेभी | ||
फिफा कोड | SWE | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ५ ![]() | ||
उच्च वरीयता | ३ (जुन २००७) | ||
निम्न वरीयता | ११ (जुन २०१८) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
![]() ![]() (मारिहाम्न, फिनल्यान्ड; २५ अगस्ट १९७३) | |||
ठूलो विजय | |||
![]() ![]() (योहतेबोर्य, स्विडेन; २३ जुन २०१०) | |||
ठूलो हार | |||
![]() ![]() (रियो दि जेनेरियो, ब्राजिल; ६ अगस्ट २०१६) | |||
विश्वकप | |||
उपस्थिति | ८ (पहिलो खेल १९९१) | ||
उत्कृष्ट नतिजा | उप-विजेता (सन् २००३) | ||
युरोपेली प्रतियोगिता | |||
उपस्थिति | १० (पहिलो खेल सन् १९८४) | ||
उत्कृष्ट नतिजा | विजेता (सन् १९८४) |
फिफाले सन् २००३ मा फिफा महिला विश्व वरीयताको परिचय गराएपछि, टोलील सन् २००३ मै तेस्रो देखि छैटौँ स्थान सम्म कायम रहन सफल भएको थियो। सन् २०१५ मा, टोलीमा केही परिवर्तन आएसँगै यो फिफा महिला विश्व वरियताको सातौँ स्थानमा पुगेको थियो।[6]