From Wikipedia, the free encyclopedia
हिब्रु भाषा (עִבְרִית, इव्रित, इब्ख्रित) सामी-हामी भाषापरिवारको सामी शाखामा पर्ने एक भाषा हो। यो इजरायलको मुख्य तथा राष्ट्रभाषा पनि हो। यसको पुरानो रूप तौराती इब्रानी यहुदी धर्मको धर्मभाषा थियो। तौरात र बाइबलका पुराना नियम यही भाषामा लेखिएको थिए। यो इब्रानी लिपिमा लेखिन्छ। दायाँबाट बायाँतर्फ लेखिने र पढिने यो भाषा पश्चिमा विश्वविद्यालयमा अध्ययनका लागि लोकप्रिय भइरहेको छ।[10][11]
हिब्रु | |
---|---|
עִבְרִית, Ivrit | |
उच्चारण | आधुनिक: [ivˈʁit] टाइबेरियाली: [ʕivˈriθ][1] शास्त्रीय: [ʕibˈrit] |
मूलभाषी | इजरायल |
क्षेत्र | इजरायलको भूमि |
रैथाने(हरू) | इजरायली; यहुदी र सम्यारियाली |
विलुप्त | ५औँ शताब्दी इसापूर्वसम्म मातृभाषाको रूपमा मिस्नाइक हिब्रु विलुप्त, यहूदी धर्मको लागि बाइबल हिब्रुसँग एक प्रचलित भाषाको रूपमा जीवित[2][3] |
पुनरुद्धार | १९औँ शताब्दीको उत्तरार्धमा पुनर्जीवित। सन् २०१७ सम्म आधुनिक हिब्रुको ९० लाख वक्ता, जसमा ५० लाख देशी वक्ता छन्[4] |
सामी-हामी
| |
प्रारम्भिक रूप | बाइबल हिब्रु
|
स्तरीय स्वरूप | आधुनिक हिब्रु
|
हिब्रु वर्णमाला हिब्रु ब्रेल | |
हस्ताक्षरित रूप | हस्ताक्षरित हिब्रु (मौखिक हिब्रू हस्ताक्षर सहित)[5] |
सरकारी दर्जा | |
आधिकारिक भाषा | इजरायल (आधुनिक हिब्रुको रूपमा)[6] |
अल्पसङ्ख्यक भाषाको रूपमा मान्यता | |
नियामक संस्था | हिब्रु भाषा एकेडमी האקדמיה ללשון העברית (ha-akademyah la-lashon ha-ʿivrit) |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-१ | he |
आइएसओ ६३९-२ | heb |
आइएसओ ६३९-३ | विविध:heb – आधुनिक हिब्रुhbo – शास्त्रीय हिब्रु (धार्मिक)smp – समारिटन हिब्रु (धार्मिक)obm – मोबाइट (विलुप्त)xdm – एडोमाइट (विलुप्त) |
ग्लोटोलग | hebr1246 [9] |
भाषाविद् प्रयोगशाला | 12-AAB-a |
प्रथम विश्वयुद्धपछि प्यालेस्टाइन (यहूदीहरूको इजरायल नामक नयाँ राज्य)को राजभाषा आधुनिक हिब्रु हो। सन् १९२५ मा जेरुसेलमको हिब्रु विश्वविद्यालय स्थापित भएको थियो जसको सबै विभागहरूमा हिब्रु मात्रै शिक्षाको माध्यम छ। इजरायल राज्यमा दैनिक पत्रपत्रिका समेत हिब्रु भाषामा छाप्ने गरिन्छ।
हिब्रु भाषालाई अन्तर्राष्ट्रिय स्तरमा भाषा वैज्ञानिकहरूले भाषाहरूको मृत सूचीमा हालेका थिए। सन् १९४८ मा जब इजरायल स्वतन्त्र भयो उसले टर्की जस्तै आफ्नो भाषा हिब्रुमा शिक्षा र शासन-प्रशासनसँग जोडिएको गतिविधिहरूलाई कार्यान्वित गर्ने निर्णय लिएको थियो। आज यहाँ रहेका सम्पूर्ण शैक्षिक, प्रशासनिक, वैज्ञानिक र प्राविधिक कार्यहरू हिब्रु भाषामा हुने गरेको छ। यहाँ विज्ञान र प्राविधिक क्षेत्रसँग जोडिएको श्रेष्ठतम आविष्कारहरूको शब्दावली हिब्रुमा रहेका छन्।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.